Trending :
 

भारतीय अभिनेता विनोद खन्नाको निधन

विनोद खन्नाको आज ७० वर्षको उमेरमा निधन भएको हो

बैशाख १४,२०७४

-

वैशाख १४ -

चर्चित बलिउड कलाकार विनोद खन्नाको आज विहान ७० वर्षको उमेरमा निधन भएको छ ।

एचआर रिलायन्स हस्पिटलका अनुसार उहाँको निधन आज विहान ११:२० बजे भएको हो ।

सन् १९६८ बाट उनले अभियन यात्रा शूरु गरेका खन्ना पछिल्लो समय ब्लड क्यान्सरपीडित हुनुहुन्थ्यो ।

खन्नाले सन् १९६८ मा ‘मन का मितु चलचित्रमार्फत बलिउडमा डेब्यु गर्नुभएको थियो।

भिलेनको भूमिकामार्फत अभिनय सुरु गर्नुभएका खन्ना सुपरहिट अभिनेता बन्न सफल हुनुभयो ।

'मेरा आप्ने' चलचित्रबाट उनि चर्चामा आएका थिए।

इन्तिहान, इन्कार, लगायतका चलचित्रले उनलाई चर्चामा पुर्याएको थियो। 

सन् १९४६ मा जन्मिएका खन्ना बलिउडका सुपरस्टार भएसंगै उहाँ भारतिय राजनितिमा समेत आवद्ध हुनुहुन्थ्यो ।