Trending :
 

पोर्चुगलको सहज जित : अल्जेरिया ३-० ले पराजित

जेठ २५,२०७५

Beuno Fernandes header goal.

-

२५ जेठ , २०७५

आगामी बिहिबारदेखि सुरु हुने २१ औं संस्करणको फिफा विश्वकप फुटबलको तयारीस्वरूप बिहिबार पोर्चुगलले अन्तिम अभ्यास खेलमा अल्जेरियाबिरुद्ध सहज जित निकालेको छ ।

यसअघिका दुई मैत्रीपूर्ण खेलमा बराबरी गरेको पोर्चुगलले बिहीबार राति अल्जेरियालाई ३-० ले हराउँदै विश्वकपका लागि आफु तयार रहेको संकेत दिएको छ ।

पोर्चुगलको घरेलु मैदानमा भएको खेलको १७ औं मिनेटमा गोन्कालो गुएडेसले गोल गर्दै पोर्चुगललाई सूरुवाति अग्रता दिलाए । त्यसपछि खेलको ३७ औँ मिनेटमा रोनाल्डोले दिएको पासमा ब्रुनो फर्नान्डेसले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । खेलको ५५  औँ मिनेटमा गोन्कालोले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई ३-० को बलितो स्थानमा पुर्याए ।

त्यसपछि खेलमा थप गोल हुन सकेन र खेल पोर्चुगलले ३-० ले जित्यो ।

विश्वकपको तयारी स्वरुप खेलेका तीन मैत्रीपूर्ण खेलमा पोर्चुगलको यो पहिलो जित हो । यसअघि उसले बेल्जियम र ट्युनिसियासँग बराबरी खेलेको थियो ।

विश्वकपमा पोर्चुगल समूह बी मा रहेको छ । समूह बी मा पोर्चुगलले बलियो प्रतिद्वन्द्वी स्पेन, मोरक्को र इरानसँग प्रतिश्पर्धा गर्नुपर्ने छ ।

पोर्चुगलले समूह चरणको पहिलो खेल जुन १५ मा स्पेनविरुद्ध खेल्ने छ ।