सचिनका छोरा भारतीय यु १९ टिममा
-
जेठ २५, २०७५ नयाँ दिल्ली ।
सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकर भारतीय यु १९ टिममा परेका छन् ।
आगामी महिना श्रीलंकामा हुने प्रतियोगिता खेल्ने टिममा अर्जुन परेका हुन् ।
श्रीलंकामा भारतीय यु १९ ले दुई चार एकदिवसीय र पाँच वान डे खेल्नेछ ।
१८ वर्षीय युवा अल राउन्डर अर्जुनलाई भारतीय क्रिकेट बोर्डले श्रीलंका भ्रमणका लागि चार एकदिवसीयमा चयन गरेको हो ।
यसअघि जोनल क्रिकेट एकेडेमी र ऊनामा खेलेको प्रतियोगितामा उनी यु १९ का महत्वपूर्ण खेलाडी थिए । अर्जुन ब्याटिङका साथै बायाँ हातबाट तिब्र बलिङ गर्न सक्छन् । यसअघि उनी मुम्बईका लागि यु १४ र यु १६ टिमबाट खेलिसकेका
छन् ।
सचिन तेन्दुलकरले अर्जुनलाई इङ्ग्ल्याण्डमा समेत बलिङ प्रशिक्षण गराएका थिए ।
यु १९ छनोट आशीष कपूर, ज्ञानेन्द्र पाण्डे र राकेश पारिख सम्मिलत टिमले गरेको हो ।
भारतीय टीम आगामी महिना श्रीलंका भ्रमणमा निस्कनेछ । चार दिवसीय खेलका लागि भारतीय टिमको नेतृत्व दिल्लीका विकेटकीपर ब्याट्मेन अनुज रावतले गर्नेछन् । एजेन्सी