Trending :
 

आर्थिक प्रसङ्ग

नेपाली मुद्रासँगको बिनिमयमा अमेरिकी डलर थप कमजोर

बैशाख १४,२०७४

-

१४,वैशाख,काठमाडौँ-

 

नेपाल राष्ट्र बैंकका अनुसार  नेपाली मुद्रासँगको बिनिमयमा अमेरिकी डलर थप कमजोर बनेको छ।  बिहीबार डलरको बिक्रीदर मूल्य १ सय २ रुपैयाँ ८७ पैसा कायम भएको छ। खरिददर मूल्य १ सय २ रुपैयाँ २७ पैसा कायम भएको छ। यसअघि बुधबार डलरको बिक्रीदर मूल्य १ सय ३ रुपैयाँ १० पैसा थियो। 

यो कायम मूल्य बीस महिना अर्थात २०१५ अगष्ट यताकै न्यून हो। सो वर्षकै सेप्टेम्बर महिनादेखि डलर १ सय ३ रुपैयाँभन्दा माथि रहँदै आएको थियो। यो बीचमा डलरको मूल्यले १ सय ९ रुपैयाँ नाघेको थियो। 

यसका साथै भारतीय मुद्रासँग नेपाली मुद्राको बिनिमयदर स्थिर छ। त्यसकारण भारतीय मुद्राले नेपाली मुद्रालाई डोर्याउने गर्दछ। पछिल्लो दिनमा भारतीय पुँजी बजारमा विश्वका लगानीकर्ताले लगानी बढाएपछि भारु मजबुत बन्दै गएको छ।

भारतीय उच्च आर्थिक वृद्धिले विश्वका लगानीकर्तालाई समेत तानेपछि नेपाली मुद्रा पनि मजबुत बनेको हो।