Trending :
 

स्कटल्याण्डको ऐतिहासिक जित : इङ्ल्याण्ड ६ रनले पराजित

यो जितले वोर्ल्डकपमा १० टिम मात्र राख्ने निर्णय गरेको आईसिसिलाई गतिलो झापड हानेको छ ।

जेठ २८,२०७५

-

२८ जेठ , २०७५

स्कटल्याण्ड टुरमा गएको इङ्ल्याण्डले एक दिवसीय अन्तराष्ट्रिय क्रिकेटमा अप्रत्यासित हार बेहोरेको छ । स्कटल्याण्डको राजधानी एडेनबर्गको ग्रेंज क्रिकेट क्लबमा हिजो भएको खेलमा स्कटल्याण्डले इङ्ल्याण्डमाथि ६ रनको रोमाञ्चक जित दर्ता गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरको खेलमा ५ विकेट गुमाएर ३७१ रनको बिशाल योगफल तयार पारेको थियो । स्कटल्याण्ड लागि कालम म्याकलिडले सर्वाधिक १४० रन बनाए । तेस्तै कप्तान केल कोत्जरले ५८ तथा जर्ज मुन्सीले ५५ रनको महत्वपूर्ण योगदान दिए ।

इङ्ल्याण्डका लागि आदिल राशिद र लियम प्लङ्केटले २-२ विकेट लिएका थिए ।

३७२ रनको लक्ष्य लिएर जवाफी ब्याटिंगमा आएको इङ्ल्याण्ड ४८.५ ओभरमा अलआउट हुँदै ३६५ रनमा  समेटियो । इङ्ल्याण्डका जोनी बरिस्टले सतकीय पारी खेले पनि टिमको हार भने टार्न सकेनन् । कुनै समय १० ओवरमा बिना विकेट १०७ रन बनाएर खेलमा हाबी देखिएको इङ्ल्याण्डले एक पछि अर्को गर्दै विकेट गुमाउदै गयो ।

इङ्ल्याण्डलाई खेल जित्न अन्तिम २ ओवरमा ११ रन आवश्यक थियो । तर ४९ औ ओवरमा सफ्यान सरिफले ४ रन खर्चेर इङ्ल्याण्डका बाँकी २ खेलाडीलाई पेवेलियन फर्काए र क्रिकेट इतिहासमा पहिलो पटक इङ्ल्याण्डमाथि ६ रनको रोमाञ्चक जित दर्ता गराए ।

स्कटल्याण्डलाई जिताउन मार्क वाटले ३ तथा अलास्दिर इभान्स र रिचे बेरिङ्टनले पनि २-२ विकेट लिए ।

क्रिकेटको गुरस्तर घट्ने बताउदै वोर्ल्डकपमा १० टिम मात्र राख्ने निर्णय गरेको क्रिकेटको सर्वच्चो निकाए आईसिसिलाई ओडीआई रेंकिंगको १ नम्बरमा रहेको इङ्ल्याण्डलाई हराउदै स्कटल्याण्डले गतिलो झापड हानेको छ ।