जेठ २८,२०७५
-
२८ जेठ , २०७५
विश्वकप तयारी अन्तर्गत हिजो भएको खेलमा ब्राजिलले अस्ट्रिया माथि ३-० को सहज नतिजा निकालेको छ ।
विश्वकप अघि आफ्नो अन्तिम अभ्यास खेल खेलेको ब्राजिलका लागि खेलको ३६ औ मिनेटमा ग्यब्रियल जिससले गोल टिमलाई गर्दै अग्रता दिलाए ।
पहिलो हाफमा १-० ले अगाडी रहेको ब्राजिलले खेलको ६३ औ नेइमार जुनियरको गोल मार्फत अग्रता दोब्बर बनायो ।
खेलको ६९ औ मिनेटमा पूर्ण ब्राजिलका फिलिप कौटिन्होले गोल गर्दै अस्ट्रियालाई तीन गोल पछाडी छाडिदिए ।
खेलमा थप गोल हुनसकेन र ब्राजिलले ३-० को सहज नतिजा निकाल्यो ।
विश्वकप अन्तर्गत ब्राजिलले जुन १७ मा सुइजिलेंडसंग आफ्नो पहिलो खेल खेल्ने छ । अस्ट्रियाले भने विश्वकप- २०१८ मा स्थान बनाउन सकेको छैन ।
प्रमुख समाचार
सम्वन्धित समाचार