सेयर बजार
बैशाख १४,२०७४
-
१४,वैशाख,२०७४-
सेयर कारोबारको अन्तिम दिन बिहीबार बजारमा १ अर्ब १० करोड रुपैयाँको कारोबार भएको छ। १ सय ४३ कम्पनीको १४ लाख ५१ हजार कित्ता सेयर किनबेच भयो। नेप्से परिसूचक पनि हरियो रह्यो। ० दशमलव ३२ अंकले नेप्से हरियो रहे पनि सेन्सिटिभ सूचक ० दशमलव ५९ अंकमा रातो रह्यो। बैंकिङ र अन्यबाहेक सबै समूहहरु बढेका छन्। बैंकिङ ५. ७ र अन्य समूह ४. ९ अंकले घटे। बिमा ६९, होटल ६६, जलविद्युत १४, विकास बैंक र फाइनान्स ६–६ अंकले बढेका छन्।
यसका साथै सिद्धार्थ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको ५–५ करोड बढीको कारोबार भयो। राष्ट्रिय बिमा कम्पनीको ४ अर्ब ८८ करोडको कारोबार हुँदा प्रभु बैंकको ४ करोड २० लाखको कारोबार भयो।एनबि इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढ्यो।कम्पनीले शत प्रतिशत हकप्रद सेयर निश्कासन गर्न स्वीकृति पाएपछि लगानीकर्ताले महँगो मूल्य तिरेका हुन्।
त्यस्तै मेरो माइक्रोफाइनान्स, प्रोग्रेसिभ फाइनान्स, सप्तकोसी विकास बैंक र ललितपुर फाइनान्सको मूल्य ९ प्रतिशत बढीले बढेको छ। गुह्वेश्वरी मर्चेन्ट बैंकिङको मूल्य सबैभन्दा बढी ४ प्रतिशतले घटेको छ।
प्रमुख समाचार