Trending :
 

'मिसेस टप अफ द वोल्ड २०१७ 'मा नेपालको प्रतिनिधित्व गर्दै शारदा परियार

बैशाख १४,२०७४

-

वैशाख १४ –

नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय ब्युटी प्याजेन्ट ‘मिसेस टप अफ द वल्ड-२०१७'का लागि शारदा परियार जाने भएकी छिन् ।

इप्लनेट र ग्रिन आर्ट मिडियाले बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा विजेता शारदाको नाम सार्वजनिक गरेको हो ।

कार्यक्रममा ‘मिसेस टप अफ द वल्र्ड २०१६’की सहभागी रजनी थापाले सराडालाई ताज पहिराउँदै ‘मिसेस टप अफ द वल्र्ड २०१७’का लागि बाटो खुल्ला गरिन् ।

परियार राजधानीमा आयोजित प्रारम्भिक चरणको छनौटमा तीन दर्जन प्रतियोगिलाई पछि पार्दै छानिएको आयोजकले जानकारी दिए।

कोरियोग्राफर अनिला श्रेष्ठ, ग्रिन आर्ट मिडियाका सिइयो प्रविन लाकौल, मेकअप आर्टिस रस्मी श्रेष्ठ, फेसन डिजाइनर प्रज्वल श्रेष्ठ लगायत निर्णायक मण्डलले उनलाई प्रतियोगिताका लागि छनौट गरेको हो ।

प्रर्यटन विकाशको नाराका साथ आयोजना हुँदै आएको ‘मिसेस टप अफ द वल्र्ड’मा नेपालका प्रर्यटकिय स्थल र कलासंस्कृतिका बिषयमा आफुले प्रस्तुति दिने परियारले बताइन् ।