Trending :
 

आजदेखि फुटबल महाभुकम्प, ईतिहासकै उत्कृष्ट प्रतियोगिता बनाउने दाउमा रुस

उद्घाटन खेलमा अयोजक रुस र साउदी अरेबिया भिड्दै ।

जेठ ३१,२०७५

-

 जेठ ३१ , २०७५ काठमाडौँ । 

पुर्वी युरोपमा पहिलोपल्ट विश्व फुटबलको महाभुकम्प हुँदै छ, जसको सौभाग्य रुसले पाएको छ । 


आजबाट सुरु हुने यो महाभुकम्पको सदुपयोग गर्दै ईतिहासकै उत्कृष्ट प्रतियोगिता बनाउने दाउमा छ रुस । 

३२ राष्ट्र सहभागी महाभुकम्पको भब्य उद्घाटन मस्कोस्थित लुजनिगी रंगशालामा अयोजक रुस र साउदी अरेबियाको भिडन्तबाट हुँदै छ । 

मस्को र अन्य १० सहरमा विश्वकपका खेल हुनेछन् । 

मस्कोमा दुई रंगशाला लुनजिकी र स्मार्टक छन् भने अन्य १० सहरमा १, १ रंगशाला छन् । 

विश्वकप खेलिरहेका राष्ट्रको सुचीमा रुस र साउदी अरेविया तल्लो वरीयतामा रहेकाले यसलाई विश्वकप उद्घाटन ईतिहासकै कमजोर खेलका रुपमा हेरिएको छ । 

खेल नेपाली समय अनुशार आज राति ८:४५ मा सुरु हुनेछ ।