Trending :
 

विश्वकप फुटबल २०१८

विश्वकपको पहिलो खेलमा साउदीविरुद्ध रुसको शानदार जित

समूह ए अन्तर्गत आज पहिलो खेलमा इजिप्ट र उरुग्वे भिड्ने ।

आषाढ ०१,२०७५

-

असार  १, २०७५ 

विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक राष्ट्र रुसले साउदी अरेवियाविरुद्ध ५–० को शानदार जित हात पारेको छ ।  

यो सन् १९३४ यता आयोजक राष्ट्रले उद्घाटन खेलमा हात पारेको सबैभन्दा ठूलो अन्तरको जित हो । यसअघि सन् १९३४ मा इटालीले अमेरिकालाई ७–१ ले हराएको थियो । 

मोस्कोको लंजिनी स्टाडियममा भएको खेलको १२ औ मिनेटमा युरी गाजिन्सकीले हेडर गोल गर्दै घरेलु टोलिलाई अग्रता दिलाए । 

त्यस्तै पहिलो हाफको ४३ औँ मिनेटमा रुसका लागि डेनिस चेरिसेवले दोस्रो गोल गरे । उनले साउदी अरेबियाका तीन जना डिफेन्डरलाई छक्याउँदै बललाई जाली चुमाए । 

खेलको ७० औँ मिनेटमा सब्स्टिच्यूट खेलाडीका रुपमा मैदान प्रवेश गरेका आर्तेम जुबाले मैदान प्रवेश गरेको एक मिनेटमै गोल गर्दै रुसलाई ३–० को अग्रता दिलाए ।

रुसी खेलाडी डेनिस चेरिसेवले  इन्जुरी समयको पहिलो मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रुसलाई ४–० को स्थानमा पुर्याउदा साउदी निरिह देखियो । 

खेल सकिन केही मिनेट बाँकी छदा पाएको फ्री किकलाई गोलमा परिणत गर्दै अलेक्सान्द्र गोलोभिनले रुसलाई  ५-० को जित दिलाएका हुन् । 

आज समूह ए अन्तर्गत इजिप्ट र उरुग्वेबिच नेपाली समय अनुशार साझ ५:४५ मा खेल हुनेछ ।