Trending :
 

भारतसामु अफगानिस्तान निरिह

अफगानिस्तानका लागि बिर्सिन लायक टेस्ट डेब्यु ।

आषाढ ०२,२०७५

Rashid Khan appealing for LBW out.

-

२ असार , २०७५

अफगानिस्तानले आफ्नो पहिलो टेस्टमा भारतसंग निकै ठुलो हार बेहोरेको छ । बेंगलुरुको छिन्नस्वामी स्टाडियमा भएको भारतबिरुद्ध अफगानिस्तानको एक मात्र टेस्ट म्याच २ दिनमै सकिएको छ । टस जितेर पहिले ब्याटिंग गरेको भारतले पहिलो इन्निंगमा सबै विकेट गुमाएर ४७४ रन बनाउन सक्यो ।

भारतका लागि मुरली विजय र शिखर धवनले सतकीय पारी खेले । विजयले १०५ तथा धवनले १०७ रन बनाए । तेस्तै हार्दिक पन्ड्याले ७१, लोकेश राहुलले ५४, चेतेश्वोर पुजारले ३५ तथा उमेश यादवले २६ रन बनाए ।

अफगानिस्तानका लागि यमिन अहमादजाइले ३, वफादारले २ , राशिद खानले २ तथा मोहम्मद नाबी र मुजीब उर जाद्रनले १/१ विकेट लिए ।

जवाफी ब्याटिंगमा आएको अफगानिस्तान पहिलो इन्निंगमा मात्र २७.५ ओवर खेल्दा १०९ रनमा अल आउट भयो । अफगानिस्तानका लागि मोहम्मद नाबीले सर्वाधिक २४ रन बनाउदा पाँच जना खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

भारतका लागि रविचन्द्रन् अस्विनले ४ , रविन्द्र जडेजा र इशान्त शर्माले २/२ तथा उमेश यादवले १ विकेट लिए ।

पहिलो इन्निंगमा ३६५ रनले पछि परेको अफगानिस्तान दोस्रो इन्निंगमा पनि समालिन सकेन । अन्तत ३८.४ ओवरमा अफगानिस्तान १०३ रनमा अल आउट भयो र खेल एक इन्निंग र २६२ रनले हार्यो ।

दोस्रो इन्निंगमा अफगानिस्तानका लागि हशमतुल्लाह शहिदीले सर्वाधिक ३६ रन बनाए भने कप्तान अस्घर स्टानिक्जाइले २५ रन जोडे ।

भारतका रविन्द्र जदेजाले ४ तथा उमेश यादवले ३ विकेट लिए ।