Trending :
 

नेपाली क्रिकेट टोलीलाई रोकिएको तलब दिन आईसीसी तयार

बैशाख १५,२०७४

-

वैशाख १५ -

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले नेपाली क्रिकेट खेलाडीको रोकिएको तलब उपलब्ध गराउने निर्णय गरेको छ ।

दुबईमा ५ दिनसम्म चलेको  आईसीसीको बोर्ड बैठकले क्रिकेट संघ क्यान निलम्बनमा परेपछि खेलाडीको रोकिएको १५ महिनाको तलब दिने प्रस्ताव स्वीकार गरेको छ ।

राजनीतिक हस्तक्षपको कारण देखाउँदै आईसीसीले गत बर्षको वैशाखमा क्यानलाई  निलम्बन गरेको थियो ।

क्यान निलम्बनमा परेपछि खेलाडीले मासिक रुपमा पाउँदै आएको तलब रोकिएको थियो ।

तत्कालिन क्रिकेट संघ क्यानले खेलाडीको प्रर्दशनलाई आधार मान्दै चार समुहमा विभाजन गरेर मासिक रुपमा तलब उपलब्ध गराउदै आएको थियो ।

आन्तरिक विवादमा रुमलिएको नेपाली क्रिकेटको धरासायी व्यवस्थापन र सरकारी हस्तक्षपको कारण देखाउँदै आईसीसीले नेपाल क्रिकेट संघलाई निलम्बन गरेको थियो ।

संघलाई निलम्बन गरेपनि आईसीसीले राष्ट्रिय क्रिकेट टिमले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि गराउँदै आएको थियो ।

आईसीसीले सल्लाहकार कमिटिले क्यानको विधान निर्माण गरिरहेको उल्लेख गर्दै विवाद समाधान उन्मुख दिशामा रहेको बताएको छ ।