आर्थिक प्रसङ्ग
बैशाख १५,२०७४
-
१५,वैशाख,२०७४-
आज बाट सबै केबल टीभीहरु डिजिटलमा परिणत भएका छन् । डिजिटलमा सेवा दिन नसक्ने टेलिभिजन स्थानीय च्यानलको रूपमा परिणत हुने सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले जानकारी दिनुभएको छ। उहाँका अनुसार कुनै पनि टीभी बन्द हुँदैन, पिक्चर क्वालिटीमा मात्रै सुधार आउने हो । तसर्थ, सरकारी निकायले केबल अपरेटर्सलाई अनिवार्य रूपमा शुक्रबारबाट डिजिटलमा सेवा दिन बाध्य बनाएको छ ।
यसका लागि उपभोक्ताले हरेक टीभीमा २ देखि ३ हजारसम्म खर्च गरेर सेटअप बक्स राख्नुपर्नेछ । सेटअप बक्स नराखेका ग्राहकको घरमा पनि टीभी भने आइरहन्छ, मात्रै पिक्चर क्वालिटी कमजोर भएको ढकालको भनाइ छ ।
त्यसैगरी सरकारले शुक्रबारदेखि महानगर क्षेत्रबाट एनालग प्रविधिको टीभी विस्थापन गरेर सबैलाई डिजिटलमा सेवा दिन बाध्य बनाएको छ । जसका कारण सबै सेवा प्रदायकले डिजिटलमा सेवा त दिएका छन् तर उपभोक्ताले भने डिजिटल सेवा आजैका दिनबाट लागू गर्नुपर्ने बाध्यता नभएको उहाँको भनाइ छ । टीभीको गुणस्तर सुधार गर्न, ग्राहले नै पैसा तिरेअुनसारको सेवा र सुविधा पाउने प्रविधि नै डिजिटल भएको उहाँको बताउनुभएको छ ।
यसका साथै डिजिटल टीभी हेर्न ग्राहकले अनिवार्य रूपमा सेट अप बक्स (डिजिटल टीभीको सिग्नल बुझ्ने एक प्रकारको बक्स) भने राख्नुपर्छ । ‘डिजिटल टीभीका नाममा कुनै पनि ग्राहकको घरमा भएको पुरानो टीभी प्रयोगमा आउदैन भन्ने होइन । आफ्नो भएकै टीभीमा जुनसुकै कम्पनीको केबलबाट टीभी हेरिरहेको भए पनि तत्काल सेटअप बक्स जडान गरेपछि ग्राहकका घरको टीभी डिजिटल भइहाल्छ’, ढकालले भन्नुभयो । उहाँका अनुसार शुक्रबारबाट डिजिटलमा नजाने केबुल अपरेटर भने स्थानीय अपरेटर्स भएका छन्, यीनले डिजिटलमा सेवा दिने कम्पनीको सब्सिडायरी भएर सेवा दिनुपर्छ ।
सरकारले समयमा नै सेटअप बक्स खरिदमा भन्सार छुट दिने वा नदिने निर्णय गर्न नसक्दा ग्राहक डिजिटलमा जाने समय लम्बिने गर्छ । भन्सार छुटले सेटअफ बक्स सस्तोमा पाउने आशामा ग्राहक बस्ने भएकाले पनि सरकारी निर्णय कार्यान्वय छिटो गर्न पनि सेटअप बक्सको निर्णय पनि छिटो हुनुपर्ने उल्लेख छ । सरकारी आँकडाअनुसार ४० लाख ग्राहक डिजिटलको सीमाबाहिर छन् । हरेक ग्राहकले सेटअप बक्समा औसतले तीन हजारका दरले खर्च गर्नुपर्छ । यो रकमका कारण करिब १२ अर्ब रुपैयाँ सेटअप बक्समा मात्रै खर्च हुने उल्लेख छ ।
प्रमुख समाचार