अन्तर्राष्ट्रिय प्रसङ्ग
बैशाख १५,२०७४
-
१५,वैशाख,एजेन्सी :
मेसेडोनियाको संसदमा झडप भएको छ Iअल्बेनियाली जातीय नेता संसदको सभामुखमा निर्वाचित भएपछि संसदमा झडप भएको हो I गठबन्धनले तालर जाफेरीलाई सभामुख बनाउने निर्णय गरेपछि आक्रोशित व्यक्तिहरुको समूह संसद भवनमा प्रवेश गरी तोडफोड र मारपीटमा उत्रिएपछि झडप भएको हो । झडपमा परि समाजवादी प्रजातान्त्रिक पार्टीका नेतासहित कम्तीमा १० जना घाइते भएका छन् ।
प्रदर्शनकारीहरु पूर्व प्रधानमन्त्री निकोला ग्रुएभस्कीको भिएमआरओ पार्टीका समर्थकहरु हुन् जसले नयाँ चुनावको माग गरिरहेका छन्। सामाजिक सञ्जालमा सत्तारुढ समाजवादी प्रजातान्त्रिक पार्टीका नेता जोरान जायफको अनुहारबाट रगत झरिरहेको तस्वीर राखिएका छन्।
उक्त पूर्व युगोस्लाभ गणतन्त्रमा गएको डिसेम्बरमा भएको आमचुनावको परिणाम अनिर्णित भएपछि राजनीतिक गतिरोध कायम रहेको छ। दुई वर्षअघिको 'फोन ट्यापिङ' विवाद यता त्यहां संकट निरन्तर कायम छ।
समाजवादी नेता जायफले अल्बेनियाली जातीय पार्टीसँग मिलेर गठबन्धन बनाएका छन् तर सरकार बनाउने उनको प्रयासलाई देशका राष्ट्रपतिले रोकिदिएका थिए।उक्त गठबन्धन बनाउने प्रयास भए यता नै मेसेडोनियाका आफूलाई राष्ट्रवादी बताउनेहरुले प्रदर्शन गरिरहेका छन्।
त्यहाँको जनसंख्याको एक चौथाइ जातीय अल्बेनियालीहरु छन्।
यसका साथै झण्डै २ सय जना प्रदर्शनकारीले अनुहार ढाक्ने मास्क लगाएका थिए र प्रत्यक्षदर्शीहरुले फुटेका सिसा भुईँमा देखेको र हलभित्र रगतका दागहरु पनि देखिएको उल्लेख गरेका छन्।प्रहरीले गैरघातक किसिमको ग्रिनेड प्रहार गरी नेताहरुलाई संसद भवनबाट बाहिर निकालेको थियो।अमेरिका, उत्तर एटलान्टिक सन्धि संगठन नेटो र युरोपेली युनियनका उच्च अधिकारीहरुले संसदमा भएको उक्त हिंसात्मक घटनाको कडा शब्दमा निन्दा गरेका छन्।
प्रमुख समाचार
सम्वन्धित समाचार