Trending :
 

न्युजिल्यान्डकी प्रधानमन्त्री ज्याकिन्डा छोरीलाई जन्म दिइन

आषाढ ०७,२०७५

-

असार ७,२०७५ काठमाडौं ।
न्युजिल्यान्डकी प्रधानमन्त्री ज्याकिन्डा आर्डेर्नले छोरीलाई जन्म दिएकी छन् । बिहीबार बिहान अस्पताल भर्ना भएकी आर्डेर्नले ३.३१ केजी तौलकी छोरीलाई जन्म दिएकी हुन ।
 
विश्व इतिहासमा निर्वाचित भएर प्रधानमन्त्री चलाइरहेकी महिलाले  बच्चालाई जन्म दिएको यो दोस्रो घटना हो । 
 
यसअघि पाकिस्तानकी प्रधानमन्त्री बेनेजिर भुट्टो पद सम्हालेका बेला सन् १९९०मा आमा बनेकी थिइन् ।
 
छोरीको जन्मपछि ३७ वर्षीया आर्डेर्नले ६ साता सुत्केरी बिदा लिने भएकी छन् । 
 
उनी विदामा बस्दा उपप्रधानमन्त्री विन्स्टन पिटर्सले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन ।