Trending :
 

विश्वकप फुटबल २०१८

अर्जेन्टिनाको लज्जास्पत हार

अर्जेन्टिनालाई हराउदै क्रोएशिया प्रि-क्वाटरफाइनलमा प्रवेश ।

आषाढ ०८,२०७५

-

८ असार , २०७५

विश्वकप अन्तर्गत समूह ‘डी’ को आफ्नो दोस्रो खेलमा अर्जेन्टिनाले क्रोएसियासंग ३-० को  लज्जास्पत हार बहोरेको छ ।

हारसँगै अर्जेन्टिनाका लागि नकआउट प्रवेश थप कठिन बनेको छ । पहिलो हाफको खेल  बराबरीमा सकिए पनि दोस्रो हाफमा अर्जेन्टिनाले तीन गोल खान पुग्यो ।

खेलको ५३ औं मिनेटमा एन्टि रेबिकले गोल गर्दै क्रोएसिया लाई अग्रता दिलाए । किप्परको लापर्बाहीका कारण गोल खान पुगेको अर्जेन्टिना थप दबाबमा पर्यो र खेलको ८० औ मिनेटमा दोस्रो गोल खान पुग्यो । दोस्रो गोल क्रोएसियाका कप्तान लुका मोड्रिकको नाममा रयो ।

खेलमा फर्कन संघर्षरत अर्जेन्टिनाले खेलको ९१ औं मिनेटमा पूर्ण गोल खाएपछि खेल ३-० ले क्रोएसियालाई सुम्पिन बाध्य भयो । क्रोएसियाका लागि इभान रेकिटिचले तेस्रो गोल गरेका थिए ।

जीतसँगै क्रोएशिया ६ अंकका साथ दोस्रो चरण प्रवेश गरेको छ ।

क्रोएसियाले लिगको पहिलो खेलमा नाइजेरियालाई पराजित गरेको थियो भने अर्जेन्टिना आश्चर्यजनक ढंगले सानो युरोपेली राष्ट्र आइसल्यान्डसँग बराबरीमा रोकिएको थियो ।

क्रोएशियासँगको हारले अर्जेन्टिनाको दोस्रो चरण प्रवेश थप कम्जोर बनेको छ । अर्जेन्टिनाले समूह चरणको अन्तिम खेलमा नाइजेरियासंग खेलमा बाकी छ ।