Trending :
 

अर्जेन्टिीनाका प्रशिक्षकले माफी मागे

मेस्सीलाई साथ दिने टिम नभएर हार भएको उनको भनाई

आषाढ ०८,२०७५

-

असार ८,२०७५ काठमाडौं । 
 
अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओलीले क्रोएसियासँग लज्जास्पद हारपछि माफी मागेका छन् । 
 
साम्पाओलीले विश्वकपमा खराब प्रदर्शनको दोष खेलाडीहरुमाथि थोपरेका छन् । लिओनल मेस्सीलाई साथ दिने खेलाडी अर्जेन्टिनी टिममा नभएको उनको टिप्पणी छ ।
 
बिहीबार राति भएको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० ले हराएको थियो । यो हारसँगै समूह डीमा रहेको अर्जेन्टिना समूह चरणबाटै बाहिरिने खतरा बढेको 
छ ।
 
प्रशिक्षक साम्पाओलीले भनेका छन्, ‘अर्जेन्टिनी टिमका कारण मेस्सीको क्षमतामाथि बादल लागेको छ । लिओ सिमित छन् किनकी टिम उनीअनुसार छैन ।’
 
उनले गोलकिपर विली क्याबलेरोको पनि बचाउ गरे, जसको गल्तीले अर्जेन्टिनाले पहिलो गोल खाएको थियो । उनले भने, ‘क्याबलेरोलाई दोष दिनु उपयुक्त हुन्न ।’
 
आफूले फरक तरिकाले योजना बनाएको र, त्यसले विपक्षीमाथि दबाव बढ्छ भन्ने सोचेको भन्दै उनले भने, ‘पहिलो गोलपछि हामीले भावनात्मक रुपमा हा¥यौं ।’
 
‘हाम्रो ड्राइभिङ फोर्स मेस्सी नै हुन् । तर, हामीले उनलाई भेट्टाउन सकेनौं । हामीले लिओलाई बल दिन टिमवर्क ग¥यौं । अर्को टिमले त्यसलाई छल्न काम ग¥यौं ।’
 
यो हार आफ्नो लागि पनि लाजमर्दो भएको प्रशिक्षक सम्पाओली आफैंले स्वीकार गरेका छन् । उनले अर्जेन्टिनी समर्थक समक्ष माफी समेत मागेका छन् ।