Trending :
 

विश्वकप फुटबल २०१८:

कोस्टारिका र ब्राजिल जितको खोजिमा

आषाढ ०८,२०७५

-

 असार ८, २०७५ काठमाडौँ ।
 
कोस्टारिका विरुद्धको ब्राजिल 
 
आज हुने पहिलो खेल कोस्टारिका र ब्राजिलको रहेको छ । नेपाली समयअनुसार ५ बजेर ४५ मिनेट जाँदा सेन्ट पिटर्सवर्गमा सुरु हुने कोस्टारिका विरुद्धको खेलअघि ब्राजिली फुटबलर नेयमारको फिटनेसका विषयमा अनेक टिकाटिप्पणाी भइरहेको छ । स्वीटजरल्यान्ड विरुद्ध ब्राजिलले एक÷एक गोलको बराबरी खेल्दा नेयमार पूर्ण फर्ममा थिएनन् । त्यसमाथि उनी पटक–पटक मैदानमा फलको शिकार बने । त्यसयता, चोटका कारण उनले मंगलबार अभ्यास गुमाए । 
 
बुधबारबाट यी खेलाडी अभ्यासमा फर्किएका छन् । तर, पूर्ण ठिक छन् वा छैनन् भन्ने विषय खुलेको छैन । ब्राजिलका लागि फिलिपो काउटिन्होले पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । 
 
उनले ब्राजिललाई अग्रता पनि दिलाएका थिए । तर स्वीटजरल्यान्डले बराबरी गोल फर्कायो । समुह ईमा आफ्नो पहिलो खेल जित्न नसकेको ब्राजिल जितका लागि जति भोको देखिएको छ । प्रतियोगिताको दोस्रो चरणको यात्रा तय गर्ने आशा जगाउन कोस्टारिकालाई पनि आजको खेल जित्नुपर्ने बाध्यता छ किनकी पहिलो खेलमा कोस्टारिकालाई सर्बियाले १–० ले पराजित गरिसकेको छ ।
 
 
‘विश्वकपका सबै खेलजस्तो यो पनि गाह्रो खेल हो,’ ब्राजिली मिडफिल्डर काउटिन्होले भनेका छन् ‘सबै खेल सन्तुलित देखिएका छन् र कोस्टारिका निकै बलियो टोली हो । सर्बियाविरुद्धको खेलमा पनि फ्रिकिक गोलका कारण मात्रै कोस्टारिका पराजित भएको थियो ।’ 
 
मार्सेलो, कासिमेरो, काउटिन्हो, ग्राबियल जेसस, रोर्बटो फिर्मिन्हो लगायतका खेलाडी चम्कन सके यस खेलमा ब्राजिल हाबी हुने पक्का नै छ । तर नेयमार मैदानमा हुन्छन् वा बेन्चमा अनि स्टार खेलाडीले नाम अनुसारको खेल देखाउँछन् वा देखाउँदैनन् ? यही प्रश्नले आजको खेलको स्तर निर्धारण गर्छ । के, साँचो हो भने आजको खेलमा जित निकाल्न नसके अन्तिम खेलमा ब्राजिल पनि दबाबमै पर्नेछ । 
 
 
 
सर्बिया विरुद्ध स्वीटजरल्यान्ड 
आफ्नो पहिलो खेलमा ५ पटकको विजेता ब्राजिल विरुद्ध गोल फर्काएको स्वीटजरल्यान्ड जति उत्साहित छ । कोस्टारिका विरुद्धको सुरुवाती खेल जितेको सर्बिया उत्तिकै आत्मविश्वासका साथ मैदानमा उत्रनेछ । युरोपका यी दुई टोलीबीचको खेल आक्रामक हुने अनुमान लगाइएको छ किनकी दोस्रो चरणमा पुग्नका लागि दुबै टोली आजको खेल जित्न चाहन्छन् ।
 
पहिलो खेल जितिसकेको सर्बिया आज विजयी हुनसके सिधैं दोस्रो चरणका लागि छनोट हुनेछ । खेल स्वीटजरल्यान्डले जितेको खण्डमा दोस्रो चरण प्रवेशका लागि उसले अन्तिम खेलसम्म कुर्नुपर्नेछ । यो खेल नेपाली समयअनुसार ११ बजेर ४५ मिनेट जाँदा हुनेछ । 
 
नाइजेरिया विरुद्ध आइसल्यान्ड 
आजै समुह डिको प्रतिस्पर्धामा नाइजेरिया र आइसल्यान्डबीच नेपाली समयअनुसार ८ बजेर ४५ मिनेट जाँदा भिडन्त हुँदैछ । यस समूहमा यी दुई टोलीलाइ कमजोर आँकिएको छ भने क्रोएशिया र अर्जे्न्टिना बलियो मानिएका छन् ।
 
क्रोएशियासँग पहिलो खेल गुमाएको नाइजेरिया आज कुनै पनि हालतमा जित निकाल्न चाहन्छ किनकी उसले अन्तिम खेलमा अर्जे्न्टिनाको सामना गर्नुपर्नेछ ।
 
यसअघि अर्जे्न्टिना विरुद्धको खेलमा पुुरै रक्षात्मक देखिएको आइसल्यान्डले आफ्नो रणनीतिमा सफल हुँदै खेल बराबर गरेको थियो । आजको खेलमा काउन्टर एट्याकमा ध्यान दिदैं महत्वपूर्ण ३ अंक बटुल्ने लक्ष्य आइसल्यान्डको छ ।