Trending :
 

आर्थिक प्रसङ्ग

आज २०औं राष्ट्रिय चिया दिवस

नेपालको अर्थतन्त्रमा योगदान गर्नका लागि, चिया उद्योगको रक्षा र विकास गरौँ’

बैशाख १५,२०७४

-

 

आज २० औं राष्टिय चिया दिवस मनाइदैँछ Iनेपालको अर्थतन्त्रमा योगदान गर्नका लागि, चिया उद्योगको रक्षा र विकास गरौँ’ भन्ने मूल नारालाई अघि बढाईएको छ Iकरिब १ सय ५० बर्षअघिबाट सुरु भएको चिया खेति हाल २८ हजार क्षेत्रफलमा विस्तार भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जानकारी दिएको छ। 

                   तथ्यांक अनुसार आ.व.२०७२÷७३ मा १ करोड ८४ लाख केजी सिटिसि तथा ५८ लाख के.जि अर्थोडक्स गरी २ करोड ४२ लाख केजी तयारी चिया उत्पादन भएको थियो भने २ अर्ब ४० लाख रुपैयाँ बराबारको १३,२८९ मे.ट चिया निर्यात भएको थियो ।

 

वि.सं १९२० देखि चिया खेतिको सुरुवात भएपनि वि.सं. २०२३ सालमा मात्र उत्पादनमा वृद्धि तथा व्यवसायिक प्रवद्धनकालागि भन्दै नेपाल चिया विकास निगमको स्थापना भएको थियो । तत्कालिन राजा विरेन्द्रले वि.सं. २०३९ मा झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुम जिल्लाहरुलाई चिया क्षेत्र घोषणा गरे पश्चात चिया विस्तारमा उल्लेखनिय प्रगति भएको सरोकारवालाहरुको भनाइ छ। 

 

त्यसैगरी राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाए अनुसार हाल कुल क्षेत्रफल मध्ये १२ हजार ९ सय ५६ हेक्टरमा साना किसान तर्फको खेती विस्तार भएको छ भने साना चिया किसानहरुको संख्या करिब १५ हजार पुगेको छ । हाल तराईमा २७ वटा सिटिसी चिया प्रशोधन केन्द्र, पहाडमा २८ वटा ठूला तथा मझौला अर्थोडक्स चिया प्रशोधन केन्द्र र ६५ वटा लघु चिया प्रशोधन केन्द्र सञ्चालनमा छन् ।

 

हाल देशभरीका चिया उद्योगमा करिब ६० हजार श्रमिकहरु प्रत्यक्ष रोजगारी पाएका छन् । चिया तथा कफी विकास बोर्डकाअनुसार आर्थिक वर्ष २०६७÷६८ मा १ अर्ब ५४ करोड रुपैंयाँ बराबरको चिया निर्यात भएको थियो ।

 

त्यस्तै, २०६८÷६९ मा १ अर्ब ६२ करोड, २०६९÷७० मा २ अर्ब ४ करोड, २०७०÷७१ मा २ अर्ब ४ करोड, २०७१÷७२ मा २ अर्ब बराबरको चिया विदेश निर्यात भएको थियो । चियाको उत्पादन तथा निर्यात बढदै गएपनि नेपाली चिया क्षेत्रमा समस्या पनि यथावत रहेका छन् ।

 

 ब्यबसायीहरुको अनुसार चियाको उचित विकास,अनुसन्धान र खुल्ला ब्यापारको लागि अक्सन केन्द्र नहुँदा सन्तोषजनक हुनसकेको छैनI