मेक्सिकोसँग २/१ ले दक्षिण कोरिया पराजित
-
असार ९, २०७५रसिया ।
रसियामा भइरहेको विश्वकपमा समूह चरणको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनीलाई हराउँदै सनसनीपूर्ण विजयी सुरूवात गरेको मेक्सिको आफ्नो समूह चरणको दोश्रो खेलमा पनि विजयी भएको छ । उसले शनिबार एसियाली राष्ट्र दक्षिण कोरियामाथि २/१ ले जीत हात पारेको हो ।
खेलमा उसले पहिलो गोल पेनाल्टीबाट पहिलो हाफमा गर्यो । सो गोल मेक्सिको लागि ११ नम्बर जर्सीका कार्लोस भेलाले खेलको २६ औं मिनेटमा गोल गरेका हुन् ।
कोरियाका जाङ ह्यूनसोले पेनाल्टी क्षेत्रमा बल हातले छेकेपछि मेक्सिकोले पेनाल्टीको अवसर पाएको थियो । पहिलो हाफ १(० को नतिजामा सकेको मेक्सिकोले दोश्रो गोलका लागिे दोश्रो हाफको ६६ औं मिनेट सम्म कुर्नुपर्यो ।
मेक्सिको अग्रतालाई दोब्बर पार्ने गोल १४ नम्बर जर्सीका जाभियर हर्नान्डेजले गरेका हुन् । मेक्सिकोका लागि १०४ औं खेल खेलिरहेका उनको यो ५० औं अन्तराष्ट्रिय गोल हो ।
मेक्सिको २/० ले अगाडी रहेको अवस्थामा सोही नतिजाका साथ केल्सकिने अनुमान गरिए पनि कोरियाका लि अतिरिक्त समयको तेश्रो मिनेटमा कोरियाका जर्सी नम्बर १० एच एम सोनले एक गोल फर्काए। उनको गोलले केहि आशा थपे पनि उसलाई हारबाट भए जोगाउन सकेन ।
दक्षिण कोरियासँग समूह चरणको दोश्रो खेल खेलिरहेको मेक्सिकोले समूह चरणको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनीलाई १/० ले पराजीत गरेको थियो।
आजको खेलमा कोरियालाई पराजीत गरेसँगै मेक्सिको लागि नकआउट चरण प्रवेश सहज भएको छ । कोरिया भने एक खेल बाँकी छँदै घर फर्किने सुनिश्चित भएको छ । समूह चरणमा स्वीडेनसँग भिडेको दक्षिण कोरियालाई स्वीडेनले पेनाल्टीबाट हार चखाएको थियो ।
स्वीडेनलाई सो पेनाल्टीको मौका यसै विश्वकपबाट प्रयोगमा ल्याइएको भिएआरका माध्यमबाट प्राप्त भएको हो।
मेक्सीकोले आफ्नो समूहको अन्तिम खेल स्वीडेनसँग खेल्नेछ ।