आषाढ ११,२०७५
-
११ असार , २०७५
विश्वकप अन्तर्गत समूह चरणको दोस्रो राउन्डको अन्तिम खेलमा कोलम्बियाले पोल्याण्डलाई ३-० ले हराउदै महत्वपुर्ण तीन अंक जोडेको छ ।
कोलम्बियालाई महत्वपुर्ण जित दिलाउने क्रममा येर्री मिनाले ४० औ मिनेटमा , राडामेल फालकाओले ७० औ तथा जुवान क्वाड्राडोले खेलको ७५ औ मिनेटमा गोल गरे ।
यसअघि जापानसंग अप्रत्याशित हार बेहोरेको कोलम्बियाले पोल्याण्डलाई हराएसँगै पोल्याण्डको भने विश्वकप यात्रामा पुर्णबिराम लागेको छ ।
पोल्याण्ड यसअघि समूह चरणको पहिलो खेलमा सेनेगलसंग पराजित भएको थियो ।
समूह चरणको दोस्रो राउन्ड सक्किसक्दा एक खेल अगाबै समूह चरणबाट बाहिरिने देशको संख्या नौ पुगेको छ ।
समूह चरणबाट बाहिरिने देशहरुमा इजिप्ट , साउदी अरेवीया , मोरक्को , पेरु , कोस्टारिका , दक्षिण कोरिया , टिउनिसिया , पानामा र पोल्याण्ड छन् ।
तेस्तै एक खेल अगाबै अन्तिम १६ मा पुग्ने टिमको संख्या भने ७ रहेको छ ।
अन्तिम-१६ मा स्थान बनाउने टिममा रसिया, उरुग्वे , फ्रान्स , क्रोएशिया , मेक्सिको , इंगलेन्ड र बेल्जियम रहेका छन् ।
प्रमुख समाचार
सम्वन्धित समाचार