Trending :
 

किसान र गोठालाहरु बीच झडप हुदा ८६ जनाको मृत्यु

आषाढ ११,२०७५

-

११ असार , २०७५

नाइजेरियामा मुस्लिम किसान र क्रिस्टियन गोठालाहरु बीच झडप हुदा मृत्यु हुनेको संख्या छयासी पुगेको छ  ।

गत बिहिबार बेरोम जातका किसानले फुलानी जातका गोठालाहरुलाई आक्रमण गरि पाँच जनाको हत्या गरेपछि तेस्को बदला स्वरूप आइतबार फुलानीहरुले बेरोममाथि आक्रमण गरेको बताइएको छ ।

नाइजेरियाको सो क्षेत्रमा जमिनलाई लिएर यी जातिहरुबीच दसकौदेखि विवाद रहदै आएको छ ।

नाइजेरियाको उक्त प्लटिउ राज्यका तीन क्षेत्रमा अहिले कर्फु जारी छ । झडपमा ५० घर , १५ मोटरसाइकल र २ गाडीमा पनि आगजनी भएको छ ।

नाइजेरियाका रास्ट्रपति मुहम्मदु बुहारी पनि फुलानी जातिका हुन् ।