साउदीका महिला अझै पाँच अधिकारबाट वञ्चित
-
बीबीसी
पछिल्ला केही दिनमा साउदी अरबका यस्ता खबर चर्चामा छन् जसले महिला अधिकारको परिवर्तनपछि उनीहरुलाई स्वतन्त्रता दिएको बताइएको छ ।
यहाँका महिला पहिलो पटक स्टेडियममा गएर फुटबल म्याच हेर्न सफल भए ।
महिलाहरु अब सैन्य र गुप्तचर सेवामा समावेश हुन पाउने बताइयो (तर युद्धको भूमिकामा होइन) ।
त्यहाँका महिलाले पहिलो पटक साइकल रेसमा भाग लिए । र अब २४ जूनदेखि ड्राइभिङमा लागेको प्रतिबन्ध पनि हटेको छ ।
हुन त साउदी अरबले यहाँका महिलाका लागि पहिलो ड्राइभिङ लाइसेन्स जारी गरेको छ तर पुरुषका साथ र अधिक समानताका लागि अभियान चलाउने केही महिला अधिकार कार्यकर्तालाई अघिल्लो महिना ‘विदेशी ताकसँग सम्बन्ध’ र देशलाई ‘अस्थिर’ गराउने कोसिसमा लागेको शंकामा पक्राउ गरिएको थियो ।
पुरुषको प्रभावः
साउदी अरबको सिंहासनका उत्तराधिकारी ३२ वर्षीय युवराज प्रिन्स मोहम्मद बिन सलमानले आफू देशलाई आधुनिक बनाउने योजनाअनुसार उदार इस्लामी फिर्ता चाहने बताएका थिए ।
महिलालाई अधिकार दिने यो निर्णय उनको ‘भिजन २०३०’ को हिस्सा हो ।
तर वरिष्ठ शोधकर्ता जेन किन्निनमोन्टले सन् २०१७ को अन्त्यमा गरिएको यो उपाय राजनीतिक उदारीकरणसँग मेल नखाने बताए ।
साउदी अरब महिला अधिकारमाथि सबैभन्दा धेरै प्रतिबन्ध लगाउने देशमध्येको एक हो । विश्व आर्थिक मंचको विश्व लिंगभेद सूचांकमा समावेश एक सय ४४ देशमा यसको १ सय ३८ औं स्थान छ ।
यस्ता केही कुराहरु छन् जुन अत्यधिक रुढिवादी देशमा महिला आज पनि गर्न पाउँदैनन् । आउनुहोस्, यसबारे जानकारी लिऔंः
१। बैंक अकाउन्ट खोल्नः
साउदी अरबका महिला आफ्नो पुरुष अभिभावकको अनुमती बिना बैंक अकाउन्ट खोल्न पाउँदैनन् ।
यो साउदी अरबको पितृसत्तात्मक व्यवस्थाका कारणले भएको हो ।
सुन्नी इस्लामको कट्टर भनिने वहाबी पन्थतर्फ साउदी अरबको झुकाव रहेको छ ।
वहाबी पन्थका अनुसार प्रत्येक महिलाको एक पुरुष अभिभावक हुन आवश्यक छ जसले उनको महत्वपूर्ण निर्णय लिनेछन् ।
ह्यूमन राइट वाच संगठनसहित थुप्रै महिला अधिकार समूहले यो अभिभावक व्यवस्थाको आलोचना गरेका छन् ।
२। पासपोर्ट पाउनु ९वा विदेश यात्रा गर्नु०
अभिभावक व्यवस्थाको यो अर्को उदाहरण हो ।
यसअनुसार साउदी महिला पासपोर्ट बनाउन र देशबाहिर जानका लागि पुरुष अभिभावकको सहमती लिन आवश्यक छ ।
अभिभावकसँग सहमती लिने यो व्यवस्था महिलाको जीवनका अन्य पाटोसँग पनि जोडिएका छन् जसमा काममा जानु, पढाई र यहाँसम्म कि केही स्वास्थ्य सुविधामा पनि यो लागू छ ।
अभिभावकको रुपमा महिलाका पिता, भाइ वा अन्य पुरुष आफन्त हुन सक्छन् । यदि महिला विधवा छिन् भने उनको अभिभावक छोरा पनि हुनसक्छन् ।
३। विवाह वा सम्बन्धविच्छेदः
विवाह गर्न वा सम्बन्धविच्छेदका लागि पनि पुरुष अभिभावकसँग अनुमती लिन आवश्यक छ ।
यदि छोरा सात वर्षको र छोरी ९ वर्षका छन् भने सम्बन्धविच्छेदको स्थितीमा बच्चाको अधिकार ९कस्टडी० लिन पनि मुश्किल छ ।
यहाँ महिला आफ्नो पुरुष आफन्तको दयामा निर्भर छन् ।
दोस्रोतर्फ, अभिभावक कुनै पनि कुराका लागि अनुमती नदिन स्वतन्त्र छन् ।
महिलाले पुरुष अभिभावकलाई आफ्नो तलब सुम्पिनुपर्ने, विवाहबाट रोकिएको वा जबर्जस्ती विवाह गर्नुपरेको विषयमा उजुरी दिएका छन् ।
४। पुरुष मित्रसँग कफीः
साउदी अरबको रष्टुरेन्टमा महिला आफ्नो पुरुष मित्रसँग बस्ने अनुमती छैन ।
यहाँका सबै रेष्टुरेन्ट दुई भागमा बाँडिएका हुन्छन् ।
अर्थात्, यहाँ परिवार वा सिंगल ९पुरुष० का लागि भिन्न भागमा बस्ने व्यवस्था हुन्छ ।
र सबै महिला परिवार बस्ने भागमा नै बस्नुपर्ने हुन्छ ।
५। मनपरेको पहिरनः
साउदी अरबका महिलालाई सार्वजनिक स्थानमा अनुहार ढाक्न आवश्यक छैन तर पूरा शरिर ढाक्ने लुज परिहन ‘अबाया’ भने लगाउनै पर्छ ।
जो महिला यो नियमको पालना गर्दैनन् उनीहरुलाई धार्मिक पुलिस अर्थात् ‘मुतावा’ ले कारवाही गर्छन् ।
केही सपिङ सेन्टरका कुनै तल्लामा महिलाले आफ्नो ‘अबाया’ हटाउन सक्छन् ।
यस वर्षको सुरुवातमा एक धर्मगुरुले महिलाले अबाया लगाउन नपर्ने बताए । यो बयानले भविष्यमा साउदी अरबमा अबायाको विषयमा कानून बनाउन मद्दत गर्न सक्छ ।
यद्यपी, गैर साउदी महिलाको ड्रेस कोडको विषयमा यो देशको कानून लचिलो छ । यदि उनीहरु मुसलमान होइनन् भने उनीहरुले कपाल ढाक्नुपर्दैन ।
एजेन्सी