Trending :
 

विश्वकप फुटबल २०१८

अर्जेन्टिना अन्तिम १६ मा, दोस्रो चरणमा फ्रान्ससँग भिड्ने

क्रोएसियाले आइसल्यान्डलाई २-१ ले हराएपछि अर्जेन्टिनाको प्रि-क्वाटरफाइनलको यात्रा सुनिस्चित ।

आषाढ १३,२०७५

-

१३ असार , २०७५

दुईपटकको विश्वविजेता अर्जेन्टिना रसियामा जारी विश्वकप २०१८ को अन्तिम १६ मा प्रवेश गरेको छ । समुह चरणको अन्तिम तथा निर्णायक खेलमा नाइजेरियालाई २-१ ले हराउदै अर्जेन्टिनाले अन्तिम १६ मा स्थान पक्का गरेको हो । 

हिजो भएको खेलमा लियोनल मेसीले १४ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका  थिए । अर्जेन्टिनाको त्यो अग्रता खेलको पहिलो हाफ सम्म मात्र टिक्यो । खेलको ५१ औं मिनेटमा पेनाल्टीमार्फत नाइजेरियाका भिक्टर मोसेसले बराबरी गोल फर्काए ।

त्यसपछि दबाबमा देखिएको अर्जेन्टिनाको उद्धार मार्कस रोजोले गरे । रोजोले खेलको ८६ औ मिनेटमा उत्कृस्ट भलि मार्फत गोल गर्दै नाइजेरियालाई स्तब्ध पारे ।

सोहि समयमा भएको समुह ‘डि’ को अर्को खेलमा क्रोएसियाले  आइसल्यान्डलाई २-१ ले हराएपछि अर्जेन्टिनाको प्रि-क्वाटरफाइनलको यात्रा सुनिस्चित भयो । समुह चरणका सबै खेल जितेको क्रोयशिया समुह विजेता बन्दा अर्जेन्टिना भने उप-विजेता भयो । यसअघि नै दोस्रो चरणको यात्रा पक्का गरिसकेको क्रोएसियाले  समुहमा सर्वाधिक ९ अंक प्राप्त गर्यो भने अर्जेन्टिना ४ अंकमा सिमित हुनपुग्यो । 

प्रि-क्वाटरफाइनलमा अब अर्जेन्टिनाले समुह  ‘सि’को विजेता फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । अन्तिम खेलमा डेनमार्कसँग गोलरहित बराबरी खेलेको फ्रान्स समुह ‘सी’को विजेता हो ।

क्रोएसियाले भने अन्तिम-१६ मा समूह ‘सि’को उप-विजेता डेनमार्कको सामना गर्नु पर्नेछ ।