आषाढ १५,२०७५
-
१५ असार, २०७५
कोलम्बिया र जापान क्रमशः समूह एचको विजेता र उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गर्न सफल भएका छन् ।
अन्तिम खेलमा सेनेगललाई १-० गोलअन्तरले पराजित गरेपछि ६ अंकसहित कोलम्बिया समूह विजेता बन्यो ।
उता, जापान र सेनेगलको अंक, गोल अन्तर, आफ्नो टिमले गरेको गोल, दुई बीच भएको खेलमा हासिल गरेको अंक, दुई बीच भएको खेलमा गरेको गोल सबै बराबर भएपछि जापानले फेयर प्लेको आधारमा अर्को चरणमा स्थान बनायो ।
अन्तिम खेलमा पोल्याण्डसँग १–० गोलअन्तरले पराजित भएपछि जापानले समूह चरणका सबै खेल सक्किदा ४ अंक बटुल्यो । उता सेनेगलको पनि ४ अंक नै थियो । त्यसमाथि हानेको गोल ४ र खाएको गोल पनि ४ नै भएकाले दुवैको गोलअन्तर पनि समान ०-० रहेको थियो ।
त्यस्तै दुई टोलीबीचको खेल २–२ को बराबरीमा सकिएको थियो ।
सबै मापदण्डमा दुई टोली बराबरी भएपछि फेयर प्लेको नियम लागुभयो । यो नियम अनुसार सेनेगलको तुलनामा कम कार्ड खाएका कारण जापान अर्को चरणमा आफ्नो स्थान बनाउन सफल भएको छ ।
जापानले ४ वटा पहेँलो कार्ड खाँदा सेनेगलले ६ वटा पहेँलो कार्ड खाएको थियो । जापान फेयर प्लेको आधारमा छनौट हुने पहिलो टोली बनेको छ ।
प्रमुख समाचार
सम्वन्धित समाचार