Trending :
 

अमेरिकामा पत्रिकाको अफिसमा अन्धधुन्ध गोलीबारी हुँदा पाँचको मृत्यु

आषाढ १५,२०७५

-

असार १५, २०७५  एजेन्सी ।
 
 
 बीबीसी
 
अमेरिकाको एनापोलिस राज्यको राजधानी मेरील्याण्डमा बिहिबार दिउँसो एक पत्रिकाको न्यूजरुममा अन्धधुन्ध गोलीबारी हुँदा पाँचको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।
 
पुलिसका अनुसार गोली चलाउने एक संदिग्धलाई पक्राउ गरिएको छ ।
 
क्यापिटल ग्याजेट नामक पत्रिकाको अफिसमा हमला हुँदा त्यहाँ थुप्रैको उपस्थिती थियो ।
 
एक संवाददाताका अनुसार बन्दुकधारीले सिसाको ढोकालाई निशाना बनाए जस पछाडि थुप्रै कर्मचारी काम गरिरहेका थिए ।
 
पुलिसका अनुसार पक्राउ परेका संदिग्ध बन्दुकधारीसँग सोधपुछ गरिँदै छ ।
 
क्यापिल ग्याजेट एक दैनिक पत्रिका हो जसको डिजिटल वेबसाइट पनि छ । यो बाल्टिमोर सन मिडिया ग्रुपसँग सम्बन्धित छ ।
 
 
एजेन्सी