Trending :
 

अब अन्तरिक्षमा पनि अमेरिकी सेना

आषाढ १७,२०७५

-

 असार १७, २०७५ एजेन्सी ।
 
विश्वको शक्तिराष्ट्र अमेरिकाले जल, स्थल तथा वायु क्षेत्रमा आफ्नो सैनिक उपस्थितिलाई त मजबुत बनाएकै छ । अब  अमेरिकी सेना अन्तरिक्षमा पनि तैनाथ हुने भएको छ ।
 
राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा मन्त्रालय पेन्टागनलाई अन्तरिक्ष सेना तयार गर्न आदेश दिएका छन् । अन्तरिक्ष सेना अमेरिकी सेनाको छैटौँ शाखा हुनेछ र यसले अन्तरिक्षमा अमेरिकी दबदबालाई सुनिश्चित गर्नेछ ।
 
 
राष्ट्रपति ट्रम्पले अमेरिकासँग सशक्त वायुसेना रहेको भए पनि अब छुट्टै स्पेस फोर्स अर्थात् अन्तरिक्ष सैन्यबल गठनका लागि अघि बढिरहेको बताएका छन् ।
 
अमेरिकी अन्तरिक्ष काउन्सिलको एक कार्यक्रममा बोल्दै ट्रम्पले अमेरिकाको रक्षाको सबालमा केवल अन्तरिक्षमा अमेरिकी उपस्थिति भएर मात्र नपुग्ने र अन्तरिक्षमा अमेरिकी दबदबा नै हुनुपर्ने बताए ।
 
अन्तरिक्ष सेनाको गठन केवल रोजगारीका लागि मात्र नभएर अमेरिकी जनताको मनोविज्ञानका लागि पनि उत्कृष्ट कार्य हुने उनको दाबी छ ।
 
समाचार अनुसार अमेरिकाको उक्त अन्तरीक्ष सेना स्पेस वार तथा अन्तरीक्षमा हुने कुनैपनि खाले सम्भावित युद्धका लागि तयार हुनेछ ।
 
एजेन्सी