पर्यटन बिशेष
बैशाख १७,२०७४
-
१७,वैशाख,इलाम-
इलाममा पर्यटकको संख्या बढेको छ ।
देशका विभिन्न स्थानबाट इलाम प्रवेश गर्ने पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा निकै बढेको इलाम र झापाको सीमानामा रहेको पर्यटन सूचना केन्द्रले जानकारी दिएको छ ।
केन्द्रका अनुसार साउन महिनायता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ६३ हजार पाँच सय ६४ जना पर्यटकहरुले पर्यटकीय स्थलको भ्रमण गरेका छन्।
केन्द्रका सूचना अधिकृत गगन घिमिरेका अनुसार यस अवधिमा एक सय ४८ जना विदेशी पर्यटकले इलामको भ्रमण गरेका छन् ।
तराई र पहाड सबै तिरका पर्यटकको साझा गन्तव्य बन्नथालेको इलाममा विद्यार्थी, अनुसन्धान कर्ता र विदा मनाउन आउने गरेको पर्यटन प्रर्वद्धन सरोकार समिति इलामका अध्यक्ष विजय राई बताउनुहुन्छ । घिमिरेका अनुसार पर्यटकले इलामको उत्पादन, पर्यटकीय क्षेत्रका बारेमा गहिरो चासो राख्ने गरेको बताउनुभयो ।
धेरै पर्यटक फिक्कल पुगेर दार्जिलिङ जाने गरेका छन् ।
इलामको कन्याम, फिक्कल, करफोक, इलामबजार, श्रीअन्तु, माइपोखरी, गजुरमुखी, ऐतिहासिक चिया बगान घुम्न आउनेको घुइचो पनि बढ्दै गएको घिमिरेको भनाइ छ ।
दार्जिलिङ पुगेर फर्केका पर्यटकल भने त्यहाँका १० पर्यटकीय स्थलले कन्याम, अन्तु वा माइपोखरीको जतिपनी मन खिच्न नसकेको बताउने गरेको घिमिरेले बताउनुभयोI त्यसैगरी खुला ठाउँमा चुरोट खान नपाइने, प्लास्टिकका झोला बोक्न नपाइने, सडक नजिक सुगुरका खोर बनाउन नपाइने, सडकबाट देखिने स्थानमा कपडा सुकाउन नपाइने लगायतका अभ्यासले पनि इलाम आउन चाहने धेरैलाई सदरमुकामसम्म तान्ने गरेको इलाम नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार शाहा बताउनुहुन्छ ।
इलाममा स्याङ्जा, नवलपरासी, धादिङ, पाल्पा, गोर्खा, काठमाडौं, पोखरासहितका जिल्लाबाट पर्यटक आइरहेको सूचना केन्द्रले जनाएको छ ।
प्रमुख समाचार