Trending :
 

आर्थिक प्रसङ्ग

मलेसियाको आर्थिक विकासबाट नेपालले शिक्षा लिने :प्रधानमन्त्री

बैशाख १७,२०७४

-

१७,वैशाख,काठमाडौँ-

 

मलेसियाको आर्थिक विकासबाट शिक्षा लिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताउनुभएको छ । आइतबार मलेसियाको पूर्व प्रशासक र व्यवसायीहरुको टोलीसँगको भेटमा बोल्दै प्रधानमन्त्री दाहालले मलेसियाको विकासबाट नेपालले शिक्षा लिने र आर्थिक विकासमा लाग्ने बताउनुभएको हो । विकास र समृद्धिमा नै जनताको मूख्य चासो भएको बताउनु र सरकारको पनि ध्यान गएको उहाँको भनाई थियो ।

 

प्रधानमन्त्री दाहालका अनुसार , ‘अहिले विश्वकै ध्यान विकास र समृद्धिमा छ । नेपाल सरकार पनि जनताको विकास र समृद्धिको चाहना पुरा गर्न रातदिन खटिरहेको छ । ’

लगानीको राम्रो प्रतिवद्धता आएको भन्दै प्रधानमन्त्री दाहालले लगानी भित्राउनका लागि कानूनी प्रक्रिया सहज बनाउने बताउनुभयो । भेटमा प्रधानमन्त्रीले दशौं लाख नेपाली कामदारहरु मलेसियामा रहेको र उनीहरुको हित नेपाल सरकारको मूख्य सरोकारको विषय भएको बताउनु भयो ।

त्यसैगरी प्रधानमन्त्री दाहालले मलेसियामा नेपालीले विभिन्न कठिनाई भोगिरहेको भन्दै मलेसियाको ध्यानाकर्षण गराउनुभयो । फ्रि भिसा भनेपनि विभिन्न नाममा मोटो रकम तिर्न बाध्य भइरहेकोप्रति सरकार जानकार रहेको उहाँको भनाई थियो ‘मलेसियामा कार्यरत नेपाली कामदारका समस्या समाधानका लागि कुटनीतिक पहल गरिरहेको छ ।’उहाँले भन्नुभयो । 
भेटमा मलेसियाको पुत्रजय नगरका पूर्वमेयर तथा पूर्व गृहसचिव तान्श्री आसेले प्रचण्ड नेतृत्वको सरकारका पालामा विकास र आर्थिक वृद्धिदरमा प्रगति भएको बताउँदै विकास र समृद्धिमा नेपाल र मलेसियाबीच सहकार्यका लागि आग्रह गर्नुभयो ।

 

उक्त भेटमा नेपाल मलेसिया बिजनेश काउन्सिलका अध्यक्ष प्रदीप दातोले नेपालीहरुले मलेसियामा गरेको व्यवसायका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउनु भएको थियो