Trending :
 

बैंगलोरको अर्को हार

८ टिम सहभागीमा बैंगलोर अंक तालिकाको सातौ स्थानमा छ

बैशाख १७,२०७४

-

वैशाख १७ -

इण्डियन प्रिमियर लिग क्रिकेट  अन्तर्गत हिजो भएको खेलमा विराट कोहलीको नेतृत्व रहेको टिम रोयल च्यालेन्जर्स बैंगलोरले अर्को हार बेहोरेको छ ।

पुनेको महाराष्ट्र क्रिकेट एसोशिएसन मैदानमा भएको खेलमा राइजिङ पुने सुपरजायइण्ट्सले बैंगलोरलाई ६१ रनको फराकिलो अन्तरले हराएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरको खेलमा मात्र ३ विकेट गुमाएर १ सय ५७ बनाएको थियो । १५८ रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर मात्र ९६ रन बनाउन सफल भयो ।

पुनेको जितमा कप्तान स्टिभेन स्मिथले ४५ रन,  मनोज तिवारीले ४४, राहुल त्रिपाठीले ३७ रन साथै महेन्द्र सिंह धोनीले नटआवट २१ रन बनाए ।

बैंलोरलाई सस्तैमा समेट्ने क्रममा पुणेका इमरान ताहिरले ३ तथा  लकी फर्गुसनले २ विकेट लिएका थिए। साथै जयदेव उनाडकट, ड्यानियल क्रिष्टियन र वासिङ्गटन सुन्दरले एक एक विकेट लिए ।

उता बैंगलोरका लागि कोहलीले ५५ रन बनाएका थिए भने बाँकी कसैले पनि दोहोरो रनको स्कोर बनाएनन् ।

जितसंगै पुने भने तालिकाको चौथो स्थानमा उक्लिएको छ भने लगातार हार बेहोरिरहेको बैंगलोर १० खेलबाट ५ अंकसहित रहदै अंक तालिकाको सातौ स्थानमा छ ।