Trending :
 

अन्तर्राष्ट्रिय प्रसङ्ग

फिलिपिन्समा शनिबार बिहान सबेरै शक्तिशाली भूकम्प

बैशाख १७,२०७४

-

१७,वैशाख-

 फिलिपिन्समा शनिबार बिहान सबेरै शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले त्यसलाई ६.८ रेक्टर स्केलको मापन गरेको छ ।

प्यासिफिक सुनामी चेतावनी केन्द्रको हवाला दिँदै रोयटर्सले भूकम्प ७.२ रेक्टर स्केलको उल्लेख गरेको छ । यो समाचार तयार पार्दासम्म भूकम्पमा परी २ व्यक्ति घाइते हुनुको साथै कैयौं भवन क्षतिग्रस्त छन् । 

भूकम्प स्थानीय समायानुसार शनिबार बिहान ४:२३ मा आएको थियो । यस भूकम्पको केन्द्रबिन्दु मिन्दानाओ द्वीपको वरपरको इलाकामा ४१ किमि गहिराइमा रहेको यूएसजीएसले जानकारी दिएको छ । केन्द्रले १० किमि गहिराइबाट गरेको जनाएको छ ।