बैशाख १७,२०७४
-
वैशाख १७ -
सन् २०१६ मा ‘फोर्ब्स’ पत्रिकाको अर्बपतिको सूचीमा नेपालबाट सुचिकृत चर्चित व्यवसायी विनोद चौधरीको छोरा वरुण चौधरीको बिहे भारतमा धुमधामका साथ सम्पन्न भएको छ ।
श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमसिंघे लगायतका विश्वका थुप्रै नाम चलेका व्यक्तिहरुसँगै भारतीय सुपरस्टार सलमान खानको पनि उक्त अवसरमा विषेश उपस्थिति थियो ।
जाग मन्दिरमा सम्पन्न उक्त विवाह शुक्रबार राति देखि सुरु भएर शनिबार बिहान सम्म चलेको थियो । एक दर्जन जति सुरक्षाकर्मी सहित उपस्थित सलमान थोरै समयमै विवाहबाट फर्किएका थिए ।
जयपुरका ज्वेलरी व्यवसायी राजकुमार टोंग्याकी छोरी अनुश्री टोंग्यासँग विनोदका छोरा बरुण चौधरीको बिहे मारवाडी थिममा सम्पन्न भएको हो ।
भारतीय सञ्चारमाध्यमले ‘रोयल वेडिङ’का लागि संसारभर चर्चित उदयपुरमा यो वर्ष भएका विवाहमध्ये चौधरीको विवाह सबैभन्दा भव्य भएको जनाएका छन् ।
प्रमुख समाचार