अन्तर्राष्ट्रिय प्रसङ्ग
बैशाख १७,२०७४
-
१७,वैशाख,एजेन्सी– बग्दादमा शक्तिशालि बम आक्रमण भएको छ I उक्त बम आक्रमणमा परी कम्तीमा पाँचजनाको मृत्यु भएको छ । बग्दादको कान्द्रा जिल्लामा भएको बम आक्रमणमा पाँचजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सिन्ह्वाका अनुसार स्थानीय ट्राफिक प्रहरीको प्रशासकीय भवनअगाडि बम विस्फोट भएको हो । दुर्घटनामा १० जना घाइते भएका छन् । विस्फोटका कारण सो क्षेत्रमा रहेका भवनमा क्षति पुगेको छ । इराकमा प्रत्येक दिनजसो आतंकवादी आक्रमण हुँदै आएको छ ।
प्रमुख समाचार
सम्वन्धित समाचार