Trending :
 

महिलालाई ड्राइभिङको अधिकार दिनु भगवानको इच्छा विरुद्धको कदम भन्दै पुरुषहरुले कारमा आगो लगाइदिए

आषाढ २४,२०७५

-

असार २४, २०७५  साउदी अरब ।
 
 
 
साउदी अरबको मक्का प्रान्तमा केही मानिसहरुले एक महिलाको कारमा आगो लगाइदिएका छन् ।
 
महिलालाई ड्राइभिङको अधिकार दिनु ‘भगवानको इच्छा विरुद्धको कदम’ भन्दै ती पुरुषहरुले महिलाको कारमा आगो लगाएको बताइन्छ । यसअघि उनीहरुले पीडित महिलालाई कार चलाउन रोकेका थिए र नमाने हत्या गरिदिने धम्की पनि दिएका थिए । साउदीमा गत जून २४ मा ऐतिहासिक निर्णय अनुसार महिलालाई ड्राइभिङको अधिकार दिइएको थियो ।
 
मक्कामा बस्ने सलमा–अल–शारीले स्थानीय समाचार पत्र ओक्जोलाई गत महिना प्रतिबन्ध हटेपछि उनले कार चलाउन सुरु गरेको जानकारी दिइन् । उनका अनुसार आफूले कार चलाउन पाएपछि उनी आफ्ना वृद्ध आमाबुवालाई घुमाउन लैजाने, कतै पुराइदिने र लिन जाने गर्न थालिन् ।
 
उप–राज्यपालले सलमालाई दिए दोस्रो कारः
 
सुत्रका अनुसार मक्काका उप–राज्यपालले अनुसन्धान पूरा नहुञ्जेल दोस्रो गाडी उपलब्ध गराएका छन् । यता पुलिसले महिलालाई ड्राइभिङको अधिकार दिएकोमा धेरै पुरुषहरुले समर्थन गरिरहेको बताएका छन् । यद्यपी, कतिलाई यो परिवर्तन ठिक लागेन । यो मामलामा दुईजनालाइै पक्राउ गरिएको छ  ।
 
 
एजेन्सी