बैशाख १७,२०७४
-
वैशाख १६, २०७४
टर्कीले विश्वकै चर्चित वेबसाइट विकिपेडिया माथि प्रतिवन्ध लगाएको छ ।
राष्ट्रिय सुरक्षामा सन्त्रास फैलाएको भन्दै उक्त प्रतिबन्ध लगाएको टर्कीको संचारमध्यमले जनाएको छ ।
टर्कीका संचार मन्त्रीका अनुसार विकिपेडिया आतंक फैलाउने एक मुख्य स्रोत भएको जानकारी दिए । प्राविधिक विश्लेषण र कानुनी आधारमा प्रतिबन्ध लगाइएको उनले बताए।
विकिपेडियाका संस्थापक जिम्मी वेल्सले “सुचनाको हक सबैको नैसर्गिक अधिकार हो” भन्दै उक्त कुराको विरोध टुइटर मार्फत गरे ।
अनलाइन इनसाइक्लोपेडिया मानिने विकिपेडियालाई स्थानीय समय अनुसार बिहान ८ बजे बाट बन्द गर्न स्थानीय प्रशासनले निर्देशन दिएको हो ।
राजधानी इस्तानबुलमा भर्चुअल प्राइवेट नेटवर्कको उपयोग विना इन्टरनेट प्रयोगकर्ताले विकिपेडिया खोल्न नसक्ने भएका छन् ।
विकिपेडियामा प्रतिबन्ध लगाएको भन्दै टर्कीमा सरकारको व्यापक आलोचना भएको छ ।
टर्कीमा फेसबुक, टिव्टर लगायतका सामाजिक संजालमा समेत सरकारले यसअघि नै प्रतिबन्ध लगाएको थियो ।
प्रमुख समाचार
सम्वन्धित समाचार