अन्तराष्ट्रिय प्रसङ्ग
बैशाख १७,२०७४
-
१७,वैशाख,२०७४
- हिमाल आरोहणका लागि विश्वकै चर्चित स्वीस आरोही उली स्टेकको ४१ वर्षको उमेरमा मृत्यु भएको छI उनको आईतबार बिहान सगरमाथा आरोहणको क्रममा लडेर मृत्यु भएको छ । उनी दोश्रो शिविर (क्याम्प टु) नजिकै खोंच (क्रयाभास) मा खसेका थिए ।
आरोहण अभ्यासका लागि क्याम्प टु देखि क्याम्प थ्री तर्फ जानुपर्नेमा उनी नुप्चे हिमालतिर अघि बढेका थिए । ‘बाटो बिराए वा के भयो कुन्नि नुप्चेतिर अघि बढेछन् ।’ हिमालयन उद्दार संघका आधारशिविर प्रमूख लाक्पानुर्बु शेर्पाले टेलिफोनमा भने, ‘लडेर उनको घटनास्थलमै मृत्यु भयो ।’ उनको शव उद्दार गरी हेलिकप्टर मार्फत लुक्ला ल्याईसकिएको छ ।
लुक्लामा प्रहरी मुचुल्का उठाई बेलुकी सम्म राजधानी पुर्या इने जनाइएको छ ।
प्रमुख समाचार
सम्वन्धित समाचार