थाइल्याण्डको गुफाको जलस्तर वृद्धि, बाँकी भएका पाँचजनालाई निकाल्न समस्या
-
असार २६, २०७५ बीबीसी ।
उत्तरी थाइल्याण्डको गुफामा फसेका बाँकी पाँचजनाको उद्दारको अभियान चाँडै नै सुरु हुने भएको छ ।
सोमबार नौ जनामध्ये कूल चारजनालाई निकालिएको थियो । यसअघि आइतबार चारजनाको उद्दार गरिएको थियो । अहिले गुफामा चार बच्चा र उनीहरुका प्रशिक्षक बाँकी छन् ।
उनीहरुको स्वास्थ्य अवस्था ठिक भएको बताइन्छ । थेम लुआंग गुफामा चलिरहेको यो अभियानले संसारको ध्यान आकृष्ट गरेको छ ।
यस्तै, सोमबार गुफाबाट निकालिएका बच्चालाई हवाई एम्बुलेन्समार्फत अस्पताल पुर्याइएको बताइएको छ ।
गुफामा फसेका १३ जनामध्ये चारजनालाई आइतबार सकुशल उद्दार गरिएको थियो । त्यसपछि अक्सिजनको कमीका कारण उद्दारकार्य रोकिएको थियो ।
सोमबार चार थप बच्चाको उद्दार गरिएपछि अब प्रशिक्षक र चार बच्चा गुफाभित्र छन् । उनीहरु जून २३ देखि फसेका थिए ।
अधिकारीले बाहिर निकालिएका बच्चाहरुको नाम सार्वजनिक गरेका छैनन् । अधिकारीका अनुसार बच्चालाई अस्पतालमा छुट्टै राखिएको छ, परिवारसँग पनि उनीहरुको भेट गराइएको छैन ।
अभियानसँग जोडिएका एक सूत्रले बीबीसीलाई दिएको जानकारी अनुसार आइतबार राती भएको वर्षाका कारण गुफामा जलस्तर बढेको छ त्यसकारण बाँकी बच्चालाई निकाल्न थप समस्या निम्तिन सक्छ ।
एजेन्सी