Trending :
 

सन्दिप खेलेको टिम मोन्ट्रेल टाइगर्सको चौथो पराजय

आषाढ २६,२०७५

-

असार २६, २०७५ टोरन्टो ।
 
नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मोन्ट्रेल टाइगर्सले चौथो पराजय व्यहोरेको छ। क्यानडामा जारी ‘ग्लोबल टी–ट्वीन्टी क्यानडा’ क्रिकेट लिगमा टाइगर्सले आफ्नो पाँचौ खेलमा आइतबार टोरोन्टो नेशनलसँग १ विकेटको पराजय व्यहोर्‍यो।
 
पहिले ब्याटिङ गर्दै टाइगर्सले दिएको १७७ रनको लक्ष्य टोरन्टोले अन्तिम बलमा पुरा गर्दै १ विकेटको जित निकाल्यो।
 
पहिले ब्याटिङ गरेको मोन्ट्रेल टाइगर्सले २० ओभरमा ४ विकेटको क्षतिमा १७६ रन बनाएको थियो।  टोरोन्टो नेशनलले २० ओभरमा ९  विकेटको गुमाउँदै १७९ रन बनाइ जित हात पार्‍यो।
 
उसका लागि न्यूजिल्याण्डका जर्ज वर्कर र अष्ट्रेलियाका मोएसिस हेनरिकले अर्धसतकीय पारी खेले। वर्करले ६२ तथा मोएसिसले ५० रन बनाएका थिए।
 
१७८ रनको लक्ष्य पछ्याएको टोरन्टोले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै निर्धारित लक्ष्य पुरा गर्‍यो। उसका लागि नितिश कुमारले ४७ तथा न्यूजिल्याण्डका एन्टोन डेभिचले ४३ रन बनाएका थिए।
 
टाइगर्सका लागि लासिथ मालिङ्गा र पेटर सिड्लेले समान ३(३ तथा सन्दिप लामिछानेले २ विकेट लिए पनि हार रोक्न सकेनन्।
 
लिगको पाँच खेल खेल्दा लासिथ मालिंकाको सन्दीप सहभागी टिम मोन्ट्रेल टाइगर्सले एक खेलमा मात्रै जित हात पारी अंक तालिकाको पुछारमा रहेको छ।
 
यसअघिका दुई खेलमा किफायती बलिङ गर्दै १–१ विकेट लिएका सन्दीपले आइतबारको खेलमा ४ ओभरमा २ विकेट लिँदै ३४ रन दिए। यस लिगमा सन्दीपको यो चौथो खेल हो।