सेयर बजार
बैशाख १७,२०७४
-
१७,वैशाख -
आइतबार नेप्सेमा झण्डै २० अंकको गिरावट आएको छ। संविधान संशोधनलाई लिएर सत्तारुढ तथा विपक्षी दलबीच मतभेद बढेपछि लगानीकर्तामा अन्यौलता बढेको हो। देशमा राजनीतिक अन्यौलता बढेसँगै संसोधनको विषयकै कारण चुनाव प्रभावित हुन सक्ने देखेपछि बजारमा बिक्री चाप बढेको छ।
१९ दशमलव ८४ अंकले बजार घटेपछि नेप्से १६५० अंकमा कायम भएको छ। यस दिन उत्पादन र अन्यबाहेक सबै समूह ओर्लिएका छन्। यसका साथै उत्पादन ३० र अन्य समूह भने ३ अंकले बढेका छन्। बैंकिङ २१, होटल ५३, विकास बैंक १५, जलविद्युत १३, फाइनान्स ९ र बिमा समूह १६७ अंकले घटेका छन्।
कारोबारका आधारमा बिमा कम्पनीहरु सबैभन्दा अगाडि देखिए। नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी ४ करोड ५९ लाखको कारोबार भयो। प्राइम लाइफ, सुर्य लाइफ, गुराँस लाइफ इन्स्योरेन्स पनि कारोबारका आधारमा अगाडि रहे।
त्यसैगरी नयाँ नेपाल लघुवित्त, प्रोग्रेसिभ फाइनान्सको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ। साइन रेसुङ्गा, एनएमबि माइक्रोफाइनान्स र मेरो माइक्रोफाइनान्सका लगानीकर्ता पनि कमाउनेमा अगाडि देखिए। खानीखोला हाइड्रो, महिला सहयात्रा माइक्रोको मूल्य ५ प्रतिशतले घट्यो।
प्रमुख समाचार