Trending :
 

रियलमेड्रिडलाई रोनाल्डोको भावुक पत्र

आषाढ २८,२०७५

-

असार २७, २०७५काठमाडौं ।
 
फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले स्पेनिस क्लब रियल मड्रिडमा ९ वर्ष बिताए ।  मंगलबार राति  रोनाल्डो विश्वकै चौथो महंगो खेलाडी बन्दै इटालियन क्लब यूभेन्ट्समा आवद्ध भए । उनी १ सय १२ मिलियन यूरोमा चार वर्षका लागि यूभेन्ट्स गएका हुन्।
 
सन् २००९ मा म्यानचेस्टर यूनाइटेडबाट ८० मिलियन पाउन्डमा रियल आएका रोनाल्डोले क्लबका लागि सर्बाधिक ४ सय ५१ गोल गर्दै कीर्तिमानसमेत राखे।
 
पछिल्ला पाँच सिजनमा रियल मड्रिडलाई उनले चार पटक च्याम्पियन्स लिगको उपाधि जिताएका थिए।  ३३ वर्षीय पोर्चुगिज स्टार रोनाल्डोले सन् २००८, २०१३, २०१४, २०१६ तथा २०१७ मा गरी पाँच पल्ट बलोन डी ओर अवार्ड जितेका छन् ।
 
रियल मड्रिडका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडीसमेत रहेका उनले चार सय ५१ गोल गरेका छन्।  यस्तै चार पटक च्याम्पियन्स लिगको उपाधि जिताएका रोनाल्डोले गएको मे महिनामा पछिल्लो संस्करणको उपाधि जिताए।
 
उनले रियल छाड्ने भए पछि आफूले बिताएका वर्षहरुको सम्झना गर्दै पुरानो क्लबका नाममा एउटा भावुक पत्र लेखेका छन्स्
 
यस्तो छ पत्र
 
मैले रियल मेड्रिड क्लब र मेड्रिड सहरमा बिताएका वर्ष जिन्दगीका सबैभन्दा खुसीले भरिएका वर्ष थिए।
 
म अहिले क्बल, प्रशंसक र यो सहरप्रति हृदयदेखि नै आभारी छु। मप्रति सहृदयता र माया देखाउने सबैप्रति पनि आभारी छु।
 
मलाई विश्वास छ, जिन्दगीको नयाँ अध्याय सुरू गर्नेबेला आइसक्यो त्यही भएर मैले क्लबसँग छोडेर जान अनुमति मागें। म प्रशंसक र सबैजनालाई यो कुरा बुझिदिन आग्रह गर्छु।
 
मैले जिन्दगीका सुनौला ९ वर्ष यहाँ बिताएँ। हरेक वर्ष विशेष भए। यो उत्साहको समय थियो साथसाथै ती वर्षहरू कठिन पनि थिए। किनकी रियल मेड्रिडसँगको अपेक्षा उच्च थियो। जे भए पनि मैले जसरी यहाँ युनिक तरिकाले फुटबलको आनन्द लिएँ त्यो कहिल्यै बिर्सने छैन।
 
मैदान र ड्रेसिङ रुममा म अदभुत् साथीहरूसँग हुन्थे। समर्थकबाट अविश्वनीय माया पाएँ। हामीले सँगै तीन पटक च्याम्पियन्स लिगको उपाधि उचाल्यौं। पाँच वर्षमा चार पटक प्रतियोगिता जित्यौं। योसँगै व्यक्तिगत रूपमा पनि मैले चार पटक ब्यालेन डे अर जितें। तीन चोटी गोल्डेन बुट पाएँ। यसले मलाई सन्तोष मिलेको छ।
 
यो क्लबमा मैले बिताएको समयमा हरेक कुरा अनौठा र असाधारण भए।
 
रियल मेड्रिड मेरो र मरो परिवारको मनमुटुमा बसेको छ।
 
त्यही भएर पनि यतिबेला म सबैभन्दा बढी धन्यवाद भन्न चाहन्छु–क्बल, अध्यक्ष, निर्देशक, सहकर्मी, सबै प्रशिक्षक, चिकित्सक, फिजियो र ती सबै कर्मचारी जसले अनवरत हरेक क्षण हुनु पर्ने काम गरे। 
फेरि पनि हाम्रा समर्थक र स्पेनिश फुटबललाई मुरीमुरी धन्यवाद१
 
९ वर्षको अवधिमा म केही आउटस्ट्यान्डिङ खेलाडीविरूद्ध उत्रिएँ। मलाई उनीहरू सबैप्रति सम्मान छ।
 
धेरै सोचविचार गर्दा जिन्दगीमा नयाँ अध्यायको सुरुआत गर्नुपर्ने निष्कर्षमा म पुगें।
 
क्लब छोडेर जहाँ पुगे पनि यो जर्सीप्रति, यो ब्याचप्रति र सान्टिआगो बर्नाबाउप्रतिको निष्ठा जारी रहिरहनेछ।
 
सबै जनालाई धन्यवाद। अँ साँच्चै ९ वर्षअघि पहिलो पटक रंगशाला छिर्दा भनेजस्तै, हाला मेड्रिड ,
एजेन्सी ।