Trending :
 

पहिलो एक दिवसीय क्रिकेटमा भारतले इंल्याण्डलाई ८ विकेटले हरायो

आषाढ २९,२०७५

-

असार २९, २०७५ लन्डन ।
 
 
 भारतले इंल्याण्डलाई पहिलो वान डे क्रिकेटमा ८ विकेटले हराएको छ।
 
इंल्याण्डको ट्रेन्ट ब्रिजमा गए राति भएको खेलमा भारतलाई विजयी गराउन रोहित शर्माले दोस्रो विकेटका लागि कप्तान विराट कोहलीसँग १६७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।
 
यसक्रममा कोहलीले ७५ रन जोडे भने रोहितले अविजित १३७ रन बनाए। कप्तान विराट कोहलीले ७५ रन बनाउँदा शिखर धवन ४० रनमा आउट भए। लोकेश राहुल ९ रनमा अविजित रहे।
 
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इंग्ल्यण्डले ५० ओभरको खेलमा १ बल बाँकी छँदा सबै विकेट गुमाउँदै २६८ रन बनाएको थियो । घरेलु टोलीका जोस बट्लरले ५३ रन जोड्दा बेन स्टोक्सले ५० रन बनाए । भारतका लागि कुलदिप यादवले उत्कृष्ट प्रर्दशन गर्दै ६ विकेट लिएपछि इङ्लिस इनिङ्स धरासायी बन्यो।
 
यो जीतसँगै भारतले ३ एक दिवसीय खेलको शृंखलामा १–० को अग्रता लिएको छ। दोस्रो एक दिवसीय खेल शनिबार लर्ड्स मैदानमा हुनेछ ।
 
यसअघि खेलिएको ३ म्याचको ट्वान्टी २० सिरिज इन्डियाले २–१ ले जितेको थियो। एजेन्सी