Trending :
 

अन्तराष्ट्रिय प्रसङ्ग

गाई चोरीको आरोपमा हत्या

बैशाख १८,२०७४

-

१८,२०७४वैशाख/एजेन्सी

भारतको आसामको नगांव जिल्लाको कासामारी इलाकामा गाई चोरीको आरोपमा भएको झडपमा दुई युवकको हत्या भएको छ ।

मृत्यु हुने दुवै युवक मुस्लिम समुदायका हुन् र सो क्षेत्रमा हिन्दु-मुस्लिम समुदायबीच हिंसा हुँदै आएको छ ।

प्रहरीले दुवै युवकले कासामारीबाट गाई चोरी गरेर लगेको आरोप रहेको जनाएको छ । प्रहरी घटनास्थल पुग्दा दुवै युवकलाई लाठीले पिटिरहेको पाइएको थियो । उपचारका लागि उनीहरु दुवैलाई अस्पताल लगिएपनि त्यही उनीहरुको मृत्यु भएको हो । प्रहरीले घटनाबारे थप छानविन गर्ने जनाएको छ ।