Trending :
 

साउन महिनामा शिवपूजनको महत्व :

श्रावण ०३,२०७५

-माधव प्रसाद गर्तौला

साउन  ३,२०७५ काठमाडौं
 
असार ३२ देखि सूर्यदेवले कर्क राशिमा प्रवेश गरेका छन्।  सूर्यको कर्कमा प्रवेश नै यसलाई कर्क संकान्ति भनिएको हो ।
 
यस दिन सूर्यदेवको साथ - साथ अन्य देवताहरु पनि निद्रामा जाने गर्छन्।
सृष्टिको सम्पूर्ण भार भोलेनाथले सम्भाल्नु हुन्छ त्यसैले साउन महिनामा शिवपूजनको महत्व बढी नै हुने गर्छ।                                                                                                
 
वास्तवमा यो एक पारम्परिक धारणा मात्र हो कि सृष्टिको कार्यभार सम्हाल्दा भगवान विष्णु थाक्नुहुन्छ।
 
त्यसपछि माता लक्ष्मीले  वहाँ संग निवेदन गर्नुहुन्छ कि केहि समयको लागि सृष्टिको समस्त भार भगवान भोलेनाथलाई पनि दिनुपर्छ।
 
अनि भोलेनाथ हिमालय पर्वत (कैलाश) देखि तल झरी पृथ्वीलोकमा आउनुहुन्छ।
 
र चार महिना सम्म सम्पूर्ण संसारको गतिविधिहरु उहाँले नै सम्हाल्नु हुन्छ।
 
अनि पछि जब चार महिना पुरा हुन्छ तब भगवान भोलेनाथ कैलाश पर्वत तर्फ जानुहुन्छ ।
 
यो दिन एकदशीको दिन हुने गर्छ, जसलाई ‘देवप्रबोधनी’ भनेर भनिन्छ । 
 
यहि दिन हरि - हरको मिलन पनि हुने गर्छ। 
 
वास्तवमा देवताहरुलाई सुत्नु पर्छ भनी भनिएको प्रतिकात्मक नै हो।
 
यी दिनहरुमा केहि शुभ ताराहरु पनि अस्त हुने गर्छन्। अतः यस कालमा (समयमा) केवल शुभ कार्य मात्रै गर्ने गरिन्छ।