अन्तर्राष्ट्रिय प्रसङ्ग
बैशाख १८,२०७४
- एएफपी
१८,वैशाख – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको आणविक मोह रोक्न चीनका राष्ट्रपति सी चिनफिङले प्योङयाङमाथि दबाब दिनुपर्ने बताएका छन् । ‘अब पनि उत्तर कोरियाले थप आणविक परीक्षण गर्योि भने हामी खुसी हुने छैनौं,’ ट्रम्पले सीबीएस टेलिभिजन नेटवर्कको ‘फेस द नेसन कार्यक्रम’ मा भने, ‘मलाई के विश्वास छ भने विश्वभर सम्मानित चिनियाँ राष्ट्रपति सी पनि उत्तर कोरियाका यस्ता कार्यक्रमबाट खुसी हुनुहुन्न ।’ के उत्तर कोरियासँग बेखुसी हुनुको कारण ‘सैनिक कारबाही’ चलाइने सम्भावना हो त ? भन्ने प्रश्नमा ट्रम्पको जवाफ थियो, ‘अहिले यसै भन्न सकिन्न । मतलव आगामी गतिविधि हेरेर निर्णय आउँछ ।’ यसका साथै प्योङयाङको गतिविधि निरुत्साहित गर्न अमेरिकाको अन्तर्राष्ट्रिय नाकाबन्दीको चर्चा भइरहेका बेला शनिबार पनि उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गर्योय, जसबाट अमेरिकालगायत युरोपेली मुलुक थप चिढिएका छन् । त्यसैगरी अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा ‘अकल्पनीय नतिजा’ आउनसक्ने बताएको केही घण्टाभित्रै उत्तरले उत्तेजनात्मक प्रतिक्रियास्वरूप असफल क्षेप्यास्त्र परीक्षण गरेको हो । यो कदम उत्तर कोरियाको सहयोगी चीनमाथिको ‘असम्मान’ समेत भएको टिप्पणी ट्रम्पले गरे ।
प्रमुख समाचार
सम्वन्धित समाचार