पैसा वाला रुख, जहाँ रुखभरि नै पैसै पैसा हुने गर्छ !

श्रावण ०४,२०७५

- माधव प्रसाद गर्तौला

साउन ४, २०७५ काठमाण्डौ l
 
 
पैसा वाला रुख, यस रुखमा लागेको छ दुनियाँभरिको सिक्का !
 
पैसा वाला रुख । यस रूखमा लागेको छ दुनियाँभरको हजारौं सिक्काहरु । प्रायः हामि सबैले सुनेकै छौँ कि “पैसा पनि कहीं रूखमा फल्छ त” ?? तर ब्रिटेनको यो रुखले यस भनाई लाई गलत साबित गरिदिएको छ । यो रुख सिक्कहरुले जडिएको छ, र ब्रिटेनको पीक जिल्लामा रहेको छ । करिब १७०० सय साल पुरानो यस रुखमा पैसा उम्रिएको होइन, तर हजारौंको संख्यामा सिक्काहरु जडान गरिएको छ । यहाँ खास कुरा यो छ कि यस रुखमा केवल ब्रिटेनको मात्रै होइन दुनियाँभरिको अलग - अलग देशहरुको सिक्का जडान जरिएको छ ।
 
किन जडान गरिएका होलान् यी सिक्काहरु ?
 
वेल्स को पोर्टमेरियन गाउँमा रहेको यो रुख एक प्रसिद्ध टूरिस्ट स्पोट बनि सकेको छ । जसमा मानिसहरुले सिक्का लगाउने गर्छन् । यसमा यस्तो कुनै ठाउँ बचेको छैन जसमा सिक्का नलागेको होस् । यस रुखलाई लिएर विभिन्न प्रकारको अलग - अलग धारणाहरु र मान्यताहरु रहेको छ जसको कारणले मानिहरुले यस रुखमा सिक्का लगाउने गर्छन् । धेरै मानिसहरुको मान्यता रहेको छ कि रुखमा सिक्का लगाउनाले मनोकामना पुरा भै सुख - समृद्धि आउँछ । त्यहीं केहि मानिसहरुको विश्वास छ कि यस रुखमा पवित्र शक्तिको वास छ । क्रिसमस को दिनमा यहाँ मिठाई तथा उपहारहरु पनि राखिने चलन छ l साथै प्रेमी जोडाहरुले आफ्नो प्रेमको सम्बन्ध दीगो रहोस् भनेर पनि सिक्का लगाउने गरेका छन् ।