Trending :
 

आर्थिक प्रसङ्ग

पोखरामा निर्माण हुने अन्तर्राष्ट्रिय विमानस्थल को निर्माण कार्यमा ढिलाई

विमानस्थलको उद्घाटन भएको १ वर्ष बितिसक्दा पनि निर्माण सम्वन्धि कुनै कार्य सुरु भएको छैनI

बैशाख १८,२०७४

-

१८,वैशाख - 

पोखरामा निर्माणहुने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको १ वर्ष बितिसक्दा पनि निर्माण सम्वन्धि कुनै कार्य सुरु भएको छैनI

राष्ट्रिय गौरवको यो आयोजना चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट अहिलेसम्म एक रुपैयाँ पनि खर्च नभएर थन्किएको छ। चालु वर्षमा यो आयोजनालाई पाँच अर्ब रुपैयाँ विनियोजन गरिएको थियो। चिनियाँ बैंकको सहुलियत ऋणमा निर्माण हुने भनिएको यो विमानस्थलका लागि आवस्यक हुने ऋण सम्झौता सक्रिय नहुँदा निर्माण कार्यमा ढिलाई भइरहेको सरकारी पक्षले जानकारी दिएको छ। 

 

ऋण सम्झौता सक्रिय भएको मितिले चारवर्षभित्र निर्माण सम्पन्न गर्ने र त्यसको लागि सन् २०१६ मा सम्झौता कार्यन्वयन हुने र सन् २०२० मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको भएपनि चिनियाँ पक्षले ढिलाई गर्दा आयोजना पहिले तोकिएको मितिभन्दा कम्तिमा पनि एक वर्षलाई पर सरेको छ। 

सन् २०१७ भइसक्दा पनि ऋण सम्झौता कार्यन्वयन नहुँदा सन् २०२० मा उक्त विमानस्थल नबन्ने पक्का भएको आयोजना निर्देशक प्रदिप अधिकारीले जानकारी दिए। 

 

एक्जीम बैंकसँग ऋण सम्झौता भएपनि बैंक, नागरिक उड्डय प्राधिकरण र तेस्रो पक्ष सम्मलित ‘इस्कु’ खाता नखोलेसम्म ऋण सम्झौता कार्यन्वयन हुँदैन जुन बैंकले गर्न मानेको छैन। 

त्यसैगरी बैंकले धितोको रुपमा नेपालभरका विमानस्थलहरु राख्नुपर्ने बताएपछि उक्त सम्झौताम ढिलाई भएको हो। नेपालका अन्य विमानस्थलमा एडिबी लगाएतका संघसंस्थाहरुको लगानी भएकोले पोखरा बाहेक अरु धितोको रुपमा राख्न नसकिने नेपाल पक्षले अडान लिएपछि गत वर्ष नै हुनुपर्ने सम्झौता अझैसम्म भएको छैन।