Trending :
 

अत्यधिक गर्मीका कारण जापानमा ३० को मृत्यु, सरकारले दियो सावधानी अपनाउन निर्देशन

श्रावण ०६,२०७५

-

साउन ६, २०७५ एजेन्सी ।
 
 
बीबीसी
 
जापानमा अत्यधिक गर्मीका कारण ३० जनाको मृत्यु भएको छ । मानिसहरुको मृत्यु हुन थालेपछि जापानी सरकारले आफ्ना जनतालाई सावधानी अपनाउन निर्देशन दिएको छ ।
 
यो सातामा सुरुमा नै जापानमा तापक्रम ४० डिग्रिसेल्सियस पुगेको थियो ।
 
जापान टाइम्स रिपोर्टका अनुसार दश हजारभन्दा बढी गर्मीसँग जोडिएका स्वास्थ्य समस्याको उपचार गराउन अस्पताल पुगेका थिए ।
 
बिहिबार १० जनाको मृत्यु भएपछि गर्मीका कारण मृत्यु हुनेको संख्या ३० पुगेको हो ।
 
टोकियो फायर डिपार्टमेन्टका अनुसार बिहिबार तापक्रम ४० डिग्रि पुगेपछि आफूहरुले तीन सय आपतकालीन फोनको सम्बोधन गर्दै तीन सय १७ जनालाई अस्पताल पुर्याइएको थियो ।
 
विद्यालयमा आउटडोर गतिविधीमा संलग्न विद्यार्थीसमेत यसको चपेटमा आएपछि केहीलाई अस्पताल पुर्याइएको थियो ।
 
मंगलबार एक विद्यालयको आउटडोर कक्षामा सहभागी भएका ६ वर्षे बालकको मृत्युभएपछि जापानको शिक्षा मन्त्रालयले स्कूलहरुलाई उच्च गर्मीबाट जोगिन सक्दो उपाय अपनाउन निर्देशन दिएको छ ।
 
उन्नाइसौं शताब्दीमा तापक्रमको रेकर्ड राख्न थालिए यताकै जापानमा यो पहिलो यस्तो घटना हो ।
 
 
 
 
एजेन्सी