साउन महिनामा शिव - अभिषेकद्वारा विभिन्न रोगहरु बाट छुटकारा पाउन सकिन्छ
-माधव प्रसाद गर्तौला
साउन महिनामा शिव - अभिषेक द्वारा विभिन्न रोगहरु बाट छुटकारा पाउन सकिन्छ ।
जान्नुहोस् ग्रहअनुसार के - के चढाउंदा रोगहरु बाट मुक्ति मिल्दछ ।
प्रसिद्ध शिवपुराणमा सुस्वास्थ्य को लागि केहि अचूक उपायहरु बताइएको छ ।
प्रत्येक जातकको आफ्नो जन्म कुण्डलीमा ग्रहहरुको शुभ - अशुभ स्थिति अनुसार विचार गरि शिवजीको पूजा गर्नु पर्छ ।
ग्रहहरु संग सम्बन्धित कष्ट र रोगहरु को लागि निम्न उपायहरु अपनाउन सकिन्छ ।
जान्नुहोस् ग्रहअनुसार कुन रोगको लागि के उपाय गर्न सकिन्छ ।
१- सूर्य - सूर्य संग सम्बन्धित कष्ट टाउको दुखाई, नेत्र रोग, अस्थि (हड्डी) रोग आदि छ भने साउन महिनामा
शिवलिंगको पूजन आकको वृक्षको फूल, पात एवं बिल्वपत्रहरुले गर्दा यी रोगहरु बाट मुक्ति मिल्दछ ।
२- चन्द्र - चन्द्रमा संग सम्बन्धित रोगहरु या कष्ट जस्तै रुघा - खोकी, मानसिक रोग, रक्तचाप आदिको समस्या छ भने
शिवलिंग अगाडी रुद्री पाठ गर्दै कालो तिल मिश्रित दूधको धाराले अभिषेक गर्नाले आराम मिल्दछ।
३- मंगल - मंगल संग सम्बन्धित रोग जस्तै रक्त - दोष आदि छ भने गिलोय, ( लहरा विशेष) जडिबुटी आदिको रसले अभिषेक गर्नाले आराम मिल्छ।
४- बुध - बुध संग सम्बन्धित रोग जस्तै चर्मरोग, किड्नीको रोग आदि छ भने विभिन्न प्रकारको जडिबुटीहरु द्वारा अभिषेक गर्नाले आराम मिल्छ।
५- बृहस्पति - बृहस्पति संग समन्धित रोग जस्तै बोसो, आन्द्रा, एवं लिभर आदिको रोग छ
भने शिवलिंगमा बेसार मिश्रित दूधले अभिषेक गर्नाले आराम मिल्दछ ।
६- शुक्र - शुक्र संग सम्बन्धित रोग जस्तै वीर्यको कमी, गुप्तांगको रोग, शारीरिक शक्तिमा कमी छ
भने पन्चामृत ले शिवलिंगमा अभिषेक गर्नाले आराम मिल्छ ।
७- शनि - शनि संग सम्बन्धित रोग जस्तै मांसपेशीहरु दुख्ने, हड्डीको जोर्नीहरु दुख्ने वात रोग आदि छ भने
ऊखुको रस एवं मोहीले शिवलिङ्गको अभिषेक गर्नाले आराम मिल्छ ।
राहु - केतु - राहु एवं केतु संग सम्बन्धित रोग जस्तै मानसिक रोग, काम, क्रोध, लोभ, भय आदि
भावनात्मक विकृति छ भने उपर्युक्त सबै वस्तुहरुको अतिरिक्त मृत्युन्जय मन्त्रको सवा लाख जप गराएर
भाँग र धतुरो मिश्रित जलले अभिषेक गर्नाले शान्ति मिल्छ।