फागुन १३, २०८० काठमाडौं । काठमाडौं उपत्यकामा वढ्दै गएको वायु प्रदुषणको अवस्थामा सुधार ल्याउने काममा समुदायको सहभागिता र सचेतना बढाउन हाँडीगाउँको अंशुवर्मा डवलीबाट ‘हावाको कुरा गरौँ’ अभियान सुरु भएको छ । युएसएड, स्वच्छ हावा परियोजनासँगको सहकार्यमा काठमाडौं महानगरपालिकाले अभियानको प्रारम्भ गरेको हो ।