फागुन १३, २०८० काठमाडौं । निर्माण शुरु भएको ३८ वर्षपछि कालीकोटको सुनथराली विमानस्थलमा बल्ल परीक्षण उडान भएको छ । आज प्राविधिक टोलीसहित नेपालगञ्जबाट उडेको तारा एअरको जहाजले विमानस्थलमा परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको नहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर विष्टले बताउनुभयो ।